जनताको जलविद्युत् आयोजना हरेक नेपालीका लागि फाइदाः मन्त्री पुन | Khabarhub Khabarhub

जनताको जलविद्युत् आयोजना हरेक नेपालीका लागि फाइदाः मन्त्री पुन


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जनताको जलविद्युत् आयोजना मार्फत हरेक नेपालीले फाइदा लिनसक्ने गरी कार्यक्रम अघि बढाइएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा संसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले ३५ सय मेघावाट जनताको लगानीका लागि छुट्याएको भन्दै राम्रा आयोजनामा जनताको लगानी गरिने बताए ।

नेपाल विद्युतमा आत्मनिर्भर हुने धरै दिन बाँकी नरहेको भन्दै बढी भएको विद्युत छिमेकी राष्ट्रमा बिक्रि गरिने जानकारी दिए । उनले जीमआरको विषयमा सरकारले उपयुक्त निर्णय गर्ने जानकारी दिए ।

आगामी तीन वर्षमा तीन हजार मेघावाट विद्युुत आउने गरी निर्माण कार्य अघि बढिरहेको भन्दै उनले १५ हजार मेघावाट विद्युत निकाल्न सरकारले दिर्घकालीन सोचबाट काम गरिरहरको जानकारी दिए ।

मन्त्री पुनले अन्तरदेशीय प्रसारण लाइनमार्फत उत्तर र दक्षिणका दुवै छिमेकीसँग ऊर्जा सहकार्यसम्बन्धी सम्झौता गरेर दक्षिण एशियामा चाहेको समयमा बिक्री गर्ने र आयात गर्ने वातावरण बनाउने गरी अगाडि बढाइएको भन्दै विद्युत क्षेत्रको विकासका लागी प्रतिवद्ध भएर काम गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ४ : २८ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि