बेलायतको लेबर पार्टी फुट्यो « Khabarhub

बेलायतको लेबर पार्टी फुट्यो


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतको प्रमुख विपक्षी लेबर पार्टीका ७ जना सांसद्ले पार्टीबाट राजीनामा दिएका छन् । हाल विपक्षमा रहेको बेलायतको लेबर पार्टीका नेतृत्वले आफ्नो प्रतिनिधित्व गर्न नसक्ने भन्दै लेबर पार्टीका ७ सांसद्ले राजीनामा दिएका हुन् ।

जेरेमी कोर्बेनको नेतृत्वमा रहेको लेबर पार्टी उग्र बामपन्थको बाटोमा लागेको, पार्टीमा यहुदीधर्मविरोधी आवाज चर्किन थालेको, पार्टी नेतृत्वको आलोचना गर्दा दुव्र्यवहार हुन थालेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पार्टीले राष्ट्रिय हितमा काम गर्न नसक्ने भन्दै सांसद्हरुले पार्टीबाट राजीनामा दिएका हुन् ।

लेबर पार्टीका सांसद्हरु चुका उमुन्ना, लुजियाना बर्गर, गेभिन सुकर, एङ्गेला स्मिथ, क्रिस लेज्ली, माइक गेप्स र एन कोफीले पत्रकार सम्मेलन गर्दै आफूहरुले पार्टीबाट राजीनामा दिएको जनाएका हुन् ।

लेब पार्टीबाट राजीनामा दिएका उनीहरुले स्वतन्त्र सांसद्हरुको समूह गठन गरेका छन् । यो समूहले बेलायतमा ‘राजनीतिक रुपमा सुकुम्बासी’ रहेका मानिसहरुलाई समेट्ने जनाइएको छ ।

वर्तमान लेबर पार्टी उग्र बामपन्थी बनेको तथा कन्जरभेटिभ पार्टी उग्र दक्षिणपन्थी बाटोमा लागेकाले लेबर पार्टीमा रहेका मध्यपन्थी सांसद्हरुले पार्टीबाट राजीनामा दिएको जनाएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ५ : ०६ बजे

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको