एजेन्सी– पाकिस्तानले साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई मुलुकै सबैभन्दा ठूलो नागरिक अभिनन्दन प्रदान गरेको छ ।
पाकिस्तान भ्रमणको दोश्रो दिन युवराज मोहम्मद बिन सलमानलाई एक औपचारिक समारोहबीच नागरिक अभिनन्दनसहित ‘निशान ए पाकिस्तान’ पदवी प्रदान गरिएको हो । त्यस्तै पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीसँग राजधानी इस्लामावादमा भेटवार्ता भएको छ ।
युवराज बिन सलमानको भ्रमणका क्रममा साउदी अरब तथा पाकिस्तानबीच २० अर्ब अमेरिकी डलर बराबरको व्यापारिक सम्झौता भएको जनाइएको छ ।
पछिल्लो केही समययता पाकिस्तानको अर्थतन्त्र ओरालो लाग्दै गएको बेला पाकिस्तान र साउदी अरबबीच भएको सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया