राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति छानविन गर्न १३ सासंदलाई जिम्मा « Khabarhub

राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति छानविन गर्न १३ सासंदलाई जिम्मा


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगतिबारे अध्ययन तथा छानविन गर्ने भएको छ ।

राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति विवरण बारे छानविन गर्न १३ जना सासंदलाई जिम्मा दिएको छ । हाल २१ वटा राष्ट्रिय गौरवका आयोजना रहेकोमा अधिकांशको प्रगति न्यून रहेको छ । ती आयोजनामध्ये कतिपयको काम प्रारम्भिक चरण भन्दा अगाडि बढेको देखिँदैन । जग्गा अधिग्रहण गर्न नसक्नु, विस्तृत आयोजना प्रतिवेदन तयार नहुनु, निर्माण सामग्रीको अभाव तथा कानूनी कमजोरीलाई त्यसको प्रमुख कारण बताइएको छ ।

राष्ट्रिय सभा अन्तरगतको समितिले तीन तहका सरकार बीच विकासमा समन्वय, राष्ट्रिय सम्पदा, मानव अधिकार तथा परराष्ट्र सम्बन्ध, सन्धि सम्झौताको कार्यान्वयनको अवस्था, समन्यायीक विकासको अवस्था, पिछडिएको क्षेत्र, समुदाय, संस्कृती, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सुरक्षा र संवैधानिक आयोग सम्बन्धी विषयमा छलफल गरि सरकारलाई सल्लाह सुझाव निर्देशन दिन सक्ने ब्यबस्था छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ६ : ४७ बजे

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्