कश्मीर बम आक्रमणका योजनाकार मारिए « Khabarhub

कश्मीर बम आक्रमणका योजनाकार मारिए


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत प्रशासित कश्मीरको पुलावामा क्षेत्रमा भारतीय सुरक्षा बलले गरेको कारवाहीमा पुलावामा आक्रमणका दुई संदिग्ध योजनाकार मारिएका छन् ।

बिहीबार ४० जनाभन्दा धेरैको ज्यान जानेगरी भएको आत्मघाती आक्रमणमा संलग्न जैश ए मोहम्मदका लडाकु लुकेर बसेको गोप्ग सूचनाका आधारमा पुलावामा क्षेत्रको पिङ्गेला भन्ने गाउँमा सुरक्षा बलले कारवाही गरेको हो ।

मारिने दुबै संदिग्ध योजनाकारहरु जैश ए मोहम्मदका सदस्य तथा पाकिस्तानी नागरिक रहेको जनाइएको छ । त्यस्तै, लडाकुविरुद्धको भीडन्तमा सुरक्षा बलका एकजना मेजरसहित ४ सुरक्षाकर्मी पनि मारिएका छन् ।

लडाकुविरुद्ध भारतीय सेना, सेन्ट्रल रिजर्भ पुलिस फोर्स सीआरपीएफ, भारतीय प्रहरी तथा राष्ट्रिय राइफल्सको एकाईले पछिल्लो कारबाही गरेको हो । पछिल्लो सैनिक कारवाही गत बिहीबार भएको आत्मघाती आक्रमणस्थलबाट १० किलोमिटर टाढा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ६ : ५२ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट