कश्मीर बम आक्रमणका योजनाकार मारिए | Khabarhub Khabarhub

कश्मीर बम आक्रमणका योजनाकार मारिए


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत प्रशासित कश्मीरको पुलावामा क्षेत्रमा भारतीय सुरक्षा बलले गरेको कारवाहीमा पुलावामा आक्रमणका दुई संदिग्ध योजनाकार मारिएका छन् ।

बिहीबार ४० जनाभन्दा धेरैको ज्यान जानेगरी भएको आत्मघाती आक्रमणमा संलग्न जैश ए मोहम्मदका लडाकु लुकेर बसेको गोप्ग सूचनाका आधारमा पुलावामा क्षेत्रको पिङ्गेला भन्ने गाउँमा सुरक्षा बलले कारवाही गरेको हो ।

मारिने दुबै संदिग्ध योजनाकारहरु जैश ए मोहम्मदका सदस्य तथा पाकिस्तानी नागरिक रहेको जनाइएको छ । त्यस्तै, लडाकुविरुद्धको भीडन्तमा सुरक्षा बलका एकजना मेजरसहित ४ सुरक्षाकर्मी पनि मारिएका छन् ।

लडाकुविरुद्ध भारतीय सेना, सेन्ट्रल रिजर्भ पुलिस फोर्स सीआरपीएफ, भारतीय प्रहरी तथा राष्ट्रिय राइफल्सको एकाईले पछिल्लो कारबाही गरेको हो । पछिल्लो सैनिक कारवाही गत बिहीबार भएको आत्मघाती आक्रमणस्थलबाट १० किलोमिटर टाढा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ६ : ५२ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा