डीपीएल क्रिकेट: ‘प्लेअफ’मा पुग्ने चार टोलीको टुंगो « Khabarhub

डीपीएल क्रिकेट: ‘प्लेअफ’मा पुग्ने चार टोलीको टुंगो


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको ‘प्लेअफ’मा पुग्ने टोलीको टुङगो लागेको छ । सोमबार भएको खेलको नतिजाले चार टोलीको टुंगो लगाएको हो ।

अपराजित रहेको काठमाडौँ गोल्डेन्स सात अंकसहित शीर्ष स्थानमा रहँदा सिवाइसी अत्तरिया दोस्रो स्थानमा रहेको छ । समान छ अंक भए पनि रुपन्देही च्यालेञ्जर्स रन रेटका आधारमा तेस्रो स्थानमा रहेको छ । महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सको समान चार अंक भए पनि रनरेटका आधारमा महेन्द्रनगर प्लेअफमा पुगेको छ ।

पहिलो स्थानमा रहेको काठमाडौँ र दोस्रो स्थानमा रहेको सिवाइसी अत्तरियाबीचको खेल हुन बाँकी रहेको छ । आज भएको दोस्रो खेलमा सिवाइसी अत्तरिया विराटनगर किंग्सलाई १० रनले हराउँदै प्लेअफमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पूरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक ठूलो स्कोर १४८ रन बनायो ।

अत्तरियाको उच्च स्कोरमा सन्नी पटेल र जयकिसन कोल्सावालाले अर्धशतकीय इनिङस खेले । विस्फोटक ब्याटिङ गरेका सन्नीले अविजित ६१ रन बनाए । ३१ बलमा पाँच चौका र चार छक्का प्रहार गरेका सन्नीले अन्तिम ओभरमा किशोर महतोको बलमा दुई छक्का र तीन चौका प्रहार गरे । सन्नी डिपिएलमा अर्धशतक पूरा गर्ने पाँचौँ खेलाडीसमेत बने ।

यस्तै कोल्सावाला ५१ रनमा अविजित रहे । डिपिएलमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका कोल्सावालाले ५० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । यस्तै जितेन्द्र सिंह ठकुरीले १३ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले १० रन बनाए । विराटनगरका सुशन भारी र संसद शेखले समान एक–एक विकेट लिए ।

फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको १४९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि आसिफ शेखले सर्वाधिक ३९ रन बनाउदा पृथु बाँस्कोटाले २७ रन जोडे ।

यस्तै अभिनाश यादवले १४ असद उल्लाह खान पठानले १३ रन बनाए । कप्तान करण केसी १२ रनमा आउट भए । अत्तरियाका भुवन कार्की र दीपेन्द्र रावतले समान तीन–तीन विकेट लिए । आज भएको पहिलो खेलमा जीत हात पारेर रुपन्देही च्यालेञ्जर्स डिपिएल क्रिकेटको प्लेअफमा पुगेको छ ।

साबिकको विजेता धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्लेअफमा पुगेको हो । धनगढी भने जीतविहीन भएर तेस्रो संस्करणबाट बाहिरिएको छ ।

वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीले फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै १५ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनायो । प्रतिकूल मौसमका कारण १५ ओभरमा खटाएर खेलाइएको खेलमा रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक ३३ रन बनाए ।

यस्तै विनोद भण्डारीले २४ रन बनाए । रुपन्देहीका बाबर हायातले १९ रन जोड्दा विक्रम शोवले ११ रन बनाए । धनगढीका कप्तान सोमपाल कामी, पवन सर्राफ र विपिन खत्रीले समान दुई–दुई विकेट लिए ।

रुपन्देहीले दिएको १०७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो । धनगढीका पवन सर्राफले सर्वाधिक १५, कप्तान सोमपाल कामीले ११ र सन्दीप रजालीले १० रन बनाए । धनगढीलाई सस्तैमा समेट्न रुपन्देहीका ललित सिंह भण्डारीले तीन तथा विक्रम सोवले दुई विकेट लिए । जीतसँंगै रुपन्देहीले पाँच खेलबाट छ अंक जोडेको छ । रुपन्देही अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  १० : ४६ बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल