बदाम एक, फाइदा अनेक « Khabarhub

बदाम एक, फाइदा अनेक


१ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईंलाई बदाम मन पर्छ ? यदि मन पर्दैन भने पनि यसको सेवनमा भने कमी नल्याउनुहोस् । किनकी चिकित्सकहरुले बदामलाई स्वास्थ्यका लागि अति नै लाभदायक खानेकुरा मानेका छन् । बदाम पौष्टिक तथा स्वास्थ्यवद्र्वक खानेकुरा मानिन्छ ।

चाहे गर्मी होस्, चाहे जाडो हरेक मौसममा बदामको सेवन स्वास्थ्यका लागि लाभदायी मानिन्छ । यतिमात्र होइन काँचो या पाकेको दुबै प्रकारको बदामले मानिसको शरिरलाई भरपुर फाइदा पुर्‍याउँछ ।

चिकित्सकहरुका अनुसार, बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । जसको सेवनले मुटुको रक्त कोषिकाहरु स्वस्थ रहन्छन् । बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ ।

बोक्राको साथमा बदाम खानु झनै राम्रो मानिन्छ । तर, यसको मात्रा भने सन्तुलित हुनुपर्दछ । तपाईंको क्षमताभन्दा धेरै बदाम खानाले अपच हुने संभावना रहन्छ र यसले पेटलाई खराब गर्छ ।

बदामको सेवन कोलेस्ट्रोललाई कम गर्न पनि प्रभावकारी मानिन्छ । बदामले कब्जियतको पीडालाई पनि कम गर्छ ।

प्रकाशित मिति : १ भदौ २०७६, आइतबार  ६ : १० बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार