विवाहको दोस्रो दिनमै ‘डिभोर्स’ ! « Khabarhub

विवाहको दोस्रो दिनमै ‘डिभोर्स’ !


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै समाचार सुन्दा निकै अचम्म र पत्याउन मुस्किल हुन्छ । तर, वास्तविकता थाहा पाउँदा नपत्याई सुख हुँदैन । एउटा यस्तै खबर छ जहाँ एक व्यक्तिले बिना मेकअप श्रीमतीलाई देखेपछि डिभोर्स दिएका छन् ।

घटना संयुक्त अरब इमिरेट्सको हो । एक व्यक्तिले विवाह गरेको दुई दिनमा नै श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए । पहिलो पटक श्रीमतीलाई मेकअप बिना देखेपछि उनले श्रीमतीसँग छुट्टिएर बस्ने निर्णय गरेका हुन् ।

मनोचिकित्सक डा. अब्दुल अजिज असफलका अनुसार २८ वषीया एक महिलाले आफ्नो अप्रत्याशित सम्बन्धविच्छेद पछि मनोवैज्ञानिक दुःख भुल्नका लागि उनको क्लिनिकमा सम्पर्क गरेकी थिइन् । असाफले ती महिलाको नाम सार्वजनिक गरेका छैनन । तर ती महिला विवाह गर्नुपूर्व ६ महिनादेखि ती ३४ वर्षीयसँगको सम्बन्धमा रहेको भने जानकारी दिए ।

सम्बन्धमा रहँदा उनका श्रीमानले उनलाई कहिले पनि बिना मेकअप नदेखेको र पहिलो पटक उनको वास्तविक अनुहार देख्दा उनले चिन्न नसकेको असफले बताए । उनका श्रीमानले उनलाई कस्मेटिकको अत्यधिक प्रयोग गरी आफूलाई झुक्याएको, नक्कली परेला हालेको र विवाह गर्नुभन्दा पहिलेजस्तै राम्री नभएको आरोप लगाउँदै उनीसँग सम्बन्धविच्छेद गरेको असफले बताए ।

गल्फ न्यूजका अनुसार ती बेहुलाले आफ्नी दुलहीको मेकअप बिनाको अनुहार विवाहको दोस्रो दिन अल माम्जार नामक समुन्द्री तटमा स्विमिङ गर्न जाँदा देखेको बतायो । पानीले उनको सबै मेकअप पखालेपछिको अनुहार देखेर उनका श्रीमान छक्क परेका थिए । ‘यस घटना पछि ती बेहुलाले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरेको र उनीसँग कहिले पनि पुर्नमिलन नगर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ०२ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी