आजको संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने « Khabarhub

आजको संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आईतबार) बस्दैछ । बिहान ११ बजेका लागि बोलाईएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै सरकारको कामका बारेमा बोल्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीले ठीक ११ बजे संसद बैठकको शुरु मै सम्बोधन गर्नेछन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले समसामयिक विषयवस्तु तथा सरकारको कामका बारेमा धारणा राख्ने कार्यतालिका छ ।

त्यस्तै प्रधानमन्त्रीले सम्बोधन गरेपछि सांसदले प्रश्न गर्न पाउने व्यवस्था भएकाले सोही अनुसार सांसद र प्रधानमन्त्रीबीच पश्नोत्तर पनि हुनसक्ने अधिकारीले बताए ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ९ : २६ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि