कम्पनी परिवर्तन गर्दा कतारमा विदेशी श्रमिकले उपदान पाउने « Khabarhub

कम्पनी परिवर्तन गर्दा कतारमा विदेशी श्रमिकले उपदान पाउने


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- वैदेशिक रोजगारीका लागि कतार गएका विदेशी श्रमिकले रोजगारदाता कम्पनी परिवर्तन गर्दा उक्त कम्पनीले उपदान दिनुपर्ने भएको छ ।

कतारको कानुन मन्त्रालयले विदेशी श्रमिकले आफु कार्यरत कम्पनी परिवर्तन गर्दा, छोडदा तथा कम्पनीले निकल्दा इन्ड अफ सर्भिस (ग्राचुइटी) अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ । ग्राचुइटीलाई नेपालमा उपदान भनिन्छ ।

कतारको कानुनअनुसार एक वर्षभन्दामाथि रोजगार गरी कम्पनी परिवर्तन गर्दा, रोजगारदाताले निकल्दा र कामदारले नै छोडदा यो सुविधा पाउन छन् ।

ग्राचुइटीमार्फत कम्पनीले कम्तीमा तीन हप्ता बराबरको तलब सुविधा र २१ दिनको बिरामी खर्च श्रमिकलाई दिनुपर्ने जनाइएको छ । हाल कतारमा रोजगारीका लागि आउने विदेशी कामदारको आकर्षण बढ्दै गएपछि कतारले श्रम कानुनलाई कडाइ गर्ने थालेको छ ।

हाल कतारमा ४० लाखभन्दा धेरै विदेशी श्रमिक कार्यरत रहेका छन् । जसका ५ देखि ७ लाख नेपाली रहेको सरकारी अनुमान छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १२ : २२ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको