शालिकराम मृत्यु प्रकरण संसदमा– रवि समर्थकको अस्वभाविक हुलहुज्जत भन्दै सांसदको आपत्ति « Khabarhub

शालिकराम मृत्यु प्रकरण संसदमा– रवि समर्थकको अस्वभाविक हुलहुज्जत भन्दै सांसदको आपत्ति


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको विषय संसदमा प्रवेश गरेको छ ।

आइबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद महेश्वरराज गहतराज अथकले उक्त प्रकरणमा अराजक, गैरकानूनी र अस्वभाविक हुलहुज्जत भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रतिनिधिसभाको शून्य समयमा सांसद गहतराजले भने,‘पत्रकार शलिकराम पुडासैनीको रहस्यमयी मृत्युप्रकरण र सो को अनुसन्धानका लागि पत्रकार रवि लामिछानेको गिरफ्तारीलाई लिएर ‘के निहु पाउँ र कनिका चपाउँ’ भन्नेहरुले जुन अराजक, गैर कानूनी र अस्वभाविक हुल हुज्जत गर्ने कार्य भइरहेको छ म त्यसको निन्दा र भत्र्सना गर्दछु ।’

प्रहरीले अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने हाम्रो संवैधानिक र कानूनी प्रकृया भएको भन्दै सांसद गहतराजले यसलाई ठाडो उल्लंघन र अस्वीकार गर्दै भएका गतिविधि क्रियाकलाप र क्रियाप्रतिक्रिया देशको शान्ति सुरक्षा र सुशासनको विरुद्धमा रहेको बताए ।

‘मेरो मान्छे वा मेरो मन परेको मान्छे सुनपानीले चोखो हुन्छ, अपराधी हुँदैन भन्ने मनोविज्ञानले हाम्रो समाजलाई कता लैजान्छ आज गम्भीर चिन्ता र चासोको विषय बनेको उनको भनाइ थियो ।

पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भनिएको एक भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोमा पुडासैनीले आफ्नो मृत्युको कारण पूर्व सहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की रहेको बताएपछि प्रहरीले उनीहरु तीनै जनालाई पक्राउ गरेको थियो ।

विहीवार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवन लगिएको लामिछानेसहित तीन जनालाई प्रहरीले शुक्रवार जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले उनीहरुमाथि थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई पाँच दिनको समय उपलव्ध गराएको थियो ।

लामिछाने हिरासतमा रहेको र उनलाई फसाउन खोजिएको भन्दै रविका समर्थकले चितवनमा प्रदर्शन समेत गरिरहेका रहेका छन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । शुक्रवार र शनिवार भएको झडपमा आधा दर्जन प्रहरी र त्यतिनै संख्यामा रवि समर्थकहरु घाइते भएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १२ : ४१ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ