चलचित्र ‘च च हुई’को पोस्टर सार्वजनिक « Khabarhub

चलचित्र ‘च च हुई’को पोस्टर सार्वजनिक


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चलचित्र ‘च च हुई’ को पोस्टर सार्वजनिक भएको छ । ‘हजार जुनीसम्म’ फिल्मबाट प्रसंसा बटुलिरहेका आर्यन सिग्देलले यो फिल्मबाट अझै बढी दर्शकको मन जित्ने दाबी गरेका छन् ।

चलचित्रमा आफ्नो भूमिका विदेशबाट देश र राष्ट्रियता सम्झेर देश फर्किने युवाका रुपमा रहेको भन्दै युवाको देशप्रेमलाई चलचिमा समेटिएको बताए । सिग्देलले भने, ‘फिल्मको पोस्टर हेरेर नै धेरै कुरा थाहा पाउनुहुनेछ । त्यसमा पनि मेरो भूमिका देश र राष्ट्रियता सम्झेर स्वदेश फर्किएको युवाका रुपमा छन् । अभिनयमा मैलै राम्रो मेहनत गरेको छु । बाँकी तपाईंहरुले हेरेर मूल्यांक गर्नुहोला ।’

सार्वजनिक पोस्टरमा आर्यनलाई फ्रेस देख्न सकिन्छ । उनको साथमा को–स्टार मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् । सार्वजनिक पोस्टरमा आर्यनले मिरुनालाई पाउन खोजेका छन् भने उनलाई भोलाले सम्हाली रहेकाछन् । अर्कोमा माओत्से गुरुङ सहित यही चियाई रहेको देख्न सकिन्छ ।

पोस्टरमा फोटोग्राफी श्रीधर पौडेलको छ भने यसलाई टौवा क्रिएसनका विजय बश्याल र शान थापाले डिजाइन गरेका हुन् । मङ्सिर ६ मा रिलिज हुने फिल्म रम(कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै फिल्म मार्फत निर्माणमा आउंदैछन् ।

चलचित्रका निर्देशक साम्तेन भुटियाले यो पटक कमर्सियल फिल्म बनाउने कोसिस गरेको भन्दै यो चलचित्र रोमान्टिक कमेडी रहेको बताएका छन् । चलचित्रबारे जानकारी दिँदै उनले भने, ‘मैले निर्देशन गरेको पछिल्लो फिल्मको तुलनामा टोटल यो फरक छ । आर्यनलाई हामीले उनलाई सुहाउने क्यारेक्टरमा प्रस्तुत गरेका छौ । दर्शकले आर्यनको रोमान्टिक र कमेडी अवतारमा दर्शकले देख्न हुनेछ । ’

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १२ : ५५ बजे

देउवा समूहको रिट दर्ता, प्रतिनिधि सभाको उम्मेदवारी दर्ताकै दिन सुनुवाइ गर्न पेशी

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

वालिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून

काँक्रेविहार– कर्णाली प्रदेश सरकारको छ महिनामा १३ दशमलव ७४ प्रतिशत

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई