शालिकरामकी श्रीमतीले दिइन रविविरुद्ध किटानी जाहेरी « Khabarhub

शालिकरामकी श्रीमतीले दिइन रविविरुद्ध किटानी जाहेरी


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्रकार शालिकराम पुडासैनी प्रकरणमा छानविन गर्न पुडासैनीकी पत्नी सम्झनाले रवि लामिछाने विरुद्ध किटानी जाहेरी दिएकी छन् । उनले आइतबार प्रहरी कार्यालयमा पुगेर किटानी जाहेरी दिएकी हुन् ।

पुडासैनीका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् । किटानी जाहेरी दिने क्रममा उनी भावुक भएर रोएकी थिइन् ।

पुडासैनीको १३ दिनको काजक्रिया शनिवार सकिएपछि उनी आइतवार उजुरी दिनप्रहरी कार्यालय पुगेकी हुन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १ : १५ बजे

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा