मलेसियाको ‘ब्याक फर गुड’ कार्यक्रममार्फत नेपाल फर्किने बढे « Khabarhub

मलेसियाको ‘ब्याक फर गुड’ कार्यक्रममार्फत नेपाल फर्किने बढे


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया सरकारले अवैध रुपमा बसिररहेका विदेशी कामदारलाई घर फिर्तीका लागि शुरु गरेको ‘ब्याक फर गुड’ कार्यक्रममा नेपाली श्रमिकको सहभागिता बढ्दो छ । गएको दुई हप्तामा ‘ब्याक फर गुड’ कार्यक्रममा २ सय जनाभन्दा धेरै सहभागी भएको मलेसियास्थित नेपाली राजदूतवासले जानकारी दिएको छ ।

अगस्ट १ देखि ९ सम्म दूतावासबाटै २ सय वटा ट्राभल डकुमेन्ट बनिसकेको र त्यसबाहेक क्वालालम्पुर बाहिर गएर पनि थप ८० वटा डकुमेन्ट बनाएको दूतावासले जनाएको छ ।

‘ब्याक फर गुड’ कार्यक्रममा २० हजार नेपाली सहभागी हुने अनुमान गरिएको छ ।

दूतावासले आफ्नो पहलमा ७ सय जरिवाना र पाँच हजार शुल्कमा घर फर्किन पाएपनि केही अवैध कामदार २२ सय रिंगिट खर्च गरेको पाइएको भन्दै त्यसको छानविन गर्ने बताएको छ ।

दूतावासका अनुसार गत हप्ता ८१ जना र त्यसभन्दा अघिल्लो हप्ता २० जना गरी एक सय एक जना अवैध नेपाली घर फर्किएको बताएको छ । अगस्ट १४ तारिखमा पुत्राजयबाट ५२ जना र सेरेम्बान अध्यागमनबाट २९ जना गरी ८१ नेपालीहरु एकतर्फी ट्राभल्स डकुमेन्ट बनाएर घर फर्किएका हुन् ।

मलेसिया सरकारले गत अगष्ट १ तारिखदेखि लागू हुने गरी ‘ब्याक फर गुड’ कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रम अन्तर्गत सात सय रिंगिट (करिब २० हजार रुपैयाँ) जरिवाना र करिब पाँच हजार शुल्क तिरेपछि अवैधानिक कामदारलाई स्वदेश फर्किन दिइने व्यवस्था गरेको छ । आममाफीको समय अगष्ट १ देखि डिसेम्बर ३१ सम्म चार महिना रहेको छ ।

उक्त कार्यक्रमबाट मलेसियामा भिसा अवधिभन्दा धेरै बसेर ओभरस्टे भएका, कागजपत्रबिहीन वा अन्य कारणले अवैधानिक हुन पुगेका सबै विदेशी नागरिकलाई लाभ हुने अपेक्षा गरिएको मलेसियाका सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ३ : ३० बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको