दश बिमा कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेनन् « Khabarhub

दश बिमा कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेनन्


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय बिमा समितिले दिएको समयभित्र १० वटा बिमा कम्पनी वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

कूल ३९ वटा बिमा कम्पनी तथा एउटा पुनर्बिमा कम्पनी रहेकोमा ३० वटा कम्पनीले निर्धारित समयमा वित्तीय विवरण सार्वजनिक गरिसकेको समितिले जानकारी दिएको छ ।

१० वटा कम्पनीले साउन मसान्तभित्रमा वित्तीय विवरण सार्वजनिक नगरेको समितिले जनाएको हो । नियमनकारी निकाय समितिको प्रभावकारी नियमन नहुँदा बिमा कम्पनीहरुले वित्तीय अनुशासन समेत उल्लंघन गर्न थालेको पाइएको छ ।

सार्वजनिक नगर्नेमा एक पुनर्ब‍िमा कम्पनी, तीन जीवन बिमा कम्पनी र छ वटा निर्जिवन बिमा कम्पनीहरु रहेका छन् । समितिको वित्तिय अनुशासनभित्र रही तोकिएको समयमा उनीहरुले वित्तिय विवरण सार्वजनिक नगरेका हुन् । वित्तिय विवरण सार्वजनिक नगर्ने बिमा कम्पनीलाई बिमा ऐनअनसार आवश्यक कारवाही गरिने समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ३ : ५१ बजे

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको

बढ्दो तनावबीच अमेरिकाले गर्‍यो खाडी मुलुकका दूतावास बन्द

एजेन्सी– बढ्दो तनावका बीचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी