मुक्तिनाथ बैंकको ‘७६ साल ७६ उपहार’ « Khabarhub

मुक्तिनाथ बैंकको ‘७६ साल ७६ उपहार’


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुक्तिनाथ विकास बैंकअन्तर्गत रहेको मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुशीको बहार’ कार्यक्रम ल्याएको छ ।

भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित अभियानअन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्समार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने ग्राहकहरुमध्येबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गर्ने जनाइएको छ ।

७६ पुरस्कारहरु मध्ये २५ जनालाई ब्लूतुथ स्पीकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोबाइल सेट, ७ जनालाई ३२ ईञ्चको टीभी(स्मार्ट एचडी), ५ जनालाई २ सय लिटरको फ्रिज, ३ जनालाई ल्यापटप, १ जनालाई स्कुटी वितरण गरिनेछ ।

भाग्यशाली विजेताहरुको घोषणा बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) बाट मंसिर १५ गते बैंकको फेसबुक पेजमार्फत लाइभ गरिने जनाइएको छ । बैंकले अभियानबाट अत्याधिक विप्रेशण कारोबार गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ४ : ०० बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक