टाइगर श्राफले उठाए २ सय किलो वजन, सबै चकित « Khabarhub

टाइगर श्राफले उठाए २ सय किलो वजन, सबै चकित


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका एक्सन स्टार टाइगर श्राफले आइनबार एक भिडियो शेयर गरे । भिडियोमा उनी जिम गरिरहेका देखिन्छन् । जिमका दौरान उनले २ सय किलो तौल उठाए ।

टाइगरले शेयर गरेको यो भिडियोले सबैलाई चकित बनाएको छ । कलाकार ईशान खट्टरले पनि टाइगरको तारिफ गरेका छन् । उनले त अझ टाइगरलाई सुपर ह्युमन भनेका छन् ।

टाइगर आफ्नो फिटनेसमा खुबै ख्याल गर्छन् । उनी आफूलाई फिट राख्न कडा मेहनत गर्छन् । उनको फिट बडीका कैयन् फ्यान छन् ।

सामाजिक सञ्जालमा शेयर गरेको भिडियोमा टाइगरले लेखेका छन्, आफैले आफैलाई यो हदसम्म पु–याएको लामो समय भयो ।

टाइगरको यो भिडियोलाई लाखौँ फ्यानले हेरेका छन् । धेरैले फ्यानले उनको तारिफ गरेका छन् ।

फिल्मको कुरा गर्नुपर्दा पछिल्लो समय टाइगर ‘स्टुडेन्ट अफ द इयर २’ मा देखिएका थिए । तर यो फिल्मबाट उनले खासै तारिफ पाएनन् । उनी अभिनित फिल्म ‘वार’ रिलिजको क्रममा छ । फिल्ममा उनी ऋतिक रोशनसँगै देखिनेछन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ०६ बजे

इटालीसँगको खेलअघि रंगशाला बाहिर नेपाली समर्थक (तस्बिरहरू)

काठमाडौं– आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको नेपालले दोस्रो खेलमा आज

टी-२‍० विश्वकपमा श्रीलंकाद्वारा ओमन १ सय ५ रनले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा श्रीलंकाले ओमनलाई पराजित

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सन् २०२४ मा तत्कालीन

राष्ट्र संकटमा कम्युनिष्टहरूबीच सहकार्य हुँदै आएको छ : प्रचण्ड

गलकोट– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न