जगदम्बाश्री पुरस्कार बैरागी काइँलालाई, योगेश राजको ‘रणहार’ लाई मदन पुरस्कार « Khabarhub

जगदम्बाश्री पुरस्कार बैरागी काइँलालाई, योगेश राजको ‘रणहार’ लाई मदन पुरस्कार


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यसवर्षको जगदम्बा–श्री पुरस्कार वरिष्ठ साहित्यकार बैरागी काइँला (तील विक्रम नेम्बाङ) लाई प्रदान गरिने भएको छ । यस्तै ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई मदन पुरस्कार दिइने मदन पुरस्कार गुठीले जनाएको छ ।

आइतबार बसेको गुठीको साधारण सभाले यस वर्षको जगदम्बा–श्री वरिष्ठ साहित्यकार बैरागी काइँलालाई तथा मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई दिने निर्णय गरेको हो ।

लिम्बु भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्मयको समृद्धिमा उल्लेखनीय योगदान गरेकोमा २०७५ सालको जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै, ‘मदन पुरस्कार २०७५’ का लागि ७ कृति सिफारिस गरिएको थियो । गुठीले २५७ कृति मध्येबाट सात कृति छनोट गरेको हो ।

सानु शर्माको ‘एकादेशमा’ बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पातु’ कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङु’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लास’ पुरस्कारका लागि सिफारिस भएका थिए ।

पब्लिकेसन नेपालयको रणहारका मुख्यपात्र भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्ल थिए । रणजीत मल्लकै पालामा पृथ्वीनारायण शाहले उपत्यकाकै उतिबेलाको सबैभन्दा शक्तिशाली र बैभवशाली राज्य भक्तपुरमा कब्जा जमाएका थिए । भक्तपुर हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका विजययात्रा टुंगिएको थियो ।

उति बेला उपत्यकाका तीनवटा राज्यमध्ये पनि सबैभन्दा महत्वपूर्ण भक्तपुरमा झण्डै आधा शताब्दी शासन गरेका रणजीत मल्लले सन् १७६९ मा पृथ्वीनारायण शाहका सैन्य र चलाखीपूर्ण कदमहरुबाट राज्य गुमाएका थिए । पुस्तक त्यही ऐतिहासिक परिघटनामा केन्द्रित छ ।

यस पुस्तकले त्यही कालखण्डको भक्तपुरमा सत्तासिन कुलीन वर्ग र गोर्खालीसामु तिनले गरेको आत्मसमर्पणका परिदृश्य उभ्याउँदै तत्कालिन समयको लडाईंको कथा भनेको छ ।

लेखक योगेश राजको यस पुस्तकले नेपाली इतिहासको आजसम्म भनिँदै आएको भाष्यसमेतकै विनिर्माण गरेको छ ।
पुस्तकमा प्रयोग भएको भाषा यसको अर्को आकर्षण रहेको छ । यसको भाषाले पाठकलाई तत्कालिन भक्तपुर विचरणको यथार्थ नजिकको काल्पनिक अनुभूति गराउँछ ।

यस वर्षदेखि मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कारको राशी चार–चार लाख रुपैयाँ पुर्‍याइएको छ । उक्त पुरस्कार आउँदो असोज १२ गते प्रदान गरिने गुठीले जनाएको छ ।

२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो । जगदम्बा–श्री पुरस्कार भने जगदम्बा रानीको निधनपछि उनको सम्झना स्वरुप २०४५ सालमा स्थापना गरिएको हो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ५ : ५९ बजे

रुसले भन्यो- क्युबामाथि अमेरिकाको आर्थिक दबाब स्वीकार्य छैन

काठमाडौं – रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभले सोमबार रूसको निकट सहयोगी

‘देश विकासको भिजन समेटिएको कांग्रेसको घोषणा पत्र तयार हुँदैछ’

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५

रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने

मस्को- रुसले युक्रेन र संयुक्त राज्य अमेरिकासँग अबुधाबीमा चार वर्षे

विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

निपाह भाइरस : कस्तो हुन्छ जोखिम, कसरी बच्ने ?

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि