प्रधानमन्त्री ओलीको शरीरमा क्रियाटिनिनको मात्रा बढ्यो, उपचारका लागि फेरि सिंगापुर जाने « Khabarhub

प्रधानमन्त्री ओलीको शरीरमा क्रियाटिनिनको मात्रा बढ्यो, उपचारका लागि फेरि सिंगापुर जाने


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि पुनः सिंगापुर जाने भएका छन् । एकसाता अघि मात्रै स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका ओली उपचारका लागि विहीवार पुन सिंगापुर जान लागेका हुन् ।

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको शरीरमा क्रियाटिनिनको मात्रा बढेपछि उनी पुन सिंगापुर जान लागेको प्रधानमन्त्री निकट स्रोतले खबरहबलाई जानकारी दियो ।

‘प्रधानमन्त्री ओलीले यसअघि पनि २ डोज औषधि सेवन गरीसक्नु भएको थियो, तर उहाँको क्रियाटिनिन घटेको छैन,’ प्रधानमन्त्री ओली निकट स्रोतले खबरहबसँग भन्यो, ‘त्यसैले तेस्रो डोज औषधि लिनका लागि उहाँ सिंगापुर जान लाग्नुभएको हो ।’

नेशनल युनिभर्सिटि हस्पिटल सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचार हुनेछ ।

मिर्गौला रोग विशेष चिकित्सक डाक्टर ऋषि कुमार काफ्लेका अनुसार शरीरमा क्रियाटिनिन बढ्नुको अर्थ मिर्गौला पुन विग्रदै गएको संकेत हो ।

डा काफ्लेका अनुसार प्राय मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा प्रत्यारोपण गरेको ५ वर्ष पछि मिर्गौलामा पुनः समस्याहरु आउछ ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेकाले  मिर्गौलामा पुनः समस्या आएको हुनसक्ने डा काफ्लेको भनाइ छ ।

‘प्रधामन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भयो, प्रत्यारोपण गरेको मिर्गौला सधै स्वास्थ्य भइरहदैन, क्रियाटिनिन बढ्नुको अर्थ भनेको मिर्गौला विग्रनु हो,’ डा काफ्लेले खबरहबसँग भने, ‘त्यो क्रियाटिनिन बढ्नुको कारण भनेको औषधि असर, पिसाब सम्बन्धि समस्या, वा मिर्गौला सुक्नु हो, मिर्गौला सुक्दै गएमा त्यो मिर्गौला विग्रन्छ, फेरी प्रत्यारोपण गर्नुपर्छ ।’

प्रधानमन्त्रीको प्रत्यारोपण गरेको मिर्गौलामा पुनः खराबी आउन थालेकाले उहाँलाई सिंगापुर लान तयारी भएको हुनसक्ने डा काफ्लेको भनाइ छ ।

प्रधानमन्त्री ओलीको मिर्गौला जोगाउन विशेष प्रकारको उपचारका लागि सिंगापुर जान लागेको हुनसक्ने डा आफ्ले बताउँछन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ०५ बजे

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख