एभिसी भलिबल सोमबारबाट, घरेलु टोलीलाई स्वर्णको आशा « Khabarhub

एभिसी भलिबल सोमबारबाट, घरेलु टोलीलाई स्वर्णको आशा


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभिसि सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप सोमबारदेखि शुरु हुँदैछ ।

एसियन भलिबल संघको संयोजन तथा नेपाल भलिबल संघको आयोजनामा हुन लागेको प्रतियोगितामा आयोजक नेपालसहित ७ देशले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, तुर्किमीनिस्तान, अफगानिस्तान, उज्वेकिस्तान, बंगलादेश र माल्दिभ्स रहेका छन् ।

प्रतियोगिताको लगनखेलस्थित आर्मीको शारिरिक तथा खेलकुद केन्द्रको कर्भडहलमा हुनेछ । प्रतियोगिताका सात टोलीलाई ए र बी गरी दुई समूहमा विभाजन गरिएको छ । जसमा एक समूहमा ४ टोली र अर्को समूहमा ३ टोली रहेका छन् । नेपाल रहेको समूह बी मा माल्दिभ्स र किर्गिस्तान रहेका छन् ।

५ औं संस्करणको प्रतियोगितामा आयोजक तथा घरेलु टोलीले स्वर्णको लक्ष्य राखेको छ ।  नेपालले केही दिन अगाडि एभिसिका लागि नेपाल आएको अफगानिस्तान भलिबल टोलीसँग २ खेलको मैत्रीपूर्ण खेल खेलिसकेको छ । जसमा नेपालले दुवै खेल जित्दै आफ्नो राम्रो संकेत देखाइसकेको छ ।

मैत्रीपूर्ण खेलमा राम्रो नतिजा हात पारेको नेपाली टोली घरेलु दर्शकको साथमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ । नेपाली टोली पछिल्लो २ महिना डच प्रशिक्षक हान एविङको नेर्ततवमा अभ्यासमा रहेको छ ।जसमा नेपालले आफ्नो कमीकमजोरीलाई नियाल्दै राम्रो नतिजा निकाल्ने गरि अभ्यास गरेको प्रशिक्षक एविङले बताएका छन् ।

अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलले पनि नेपाली टोली बलियो अवस्तामा पुगेको देखाइसकेको छ । एभीसीमा घरेलु टोलीको समूहमा तीन टिममात्रै रहेका कारण एक खेलमा फराकिलो जीत हात पार्ने सके पनि सेमिफाइनलमा स्थान बनाउने सम्भावना रहेको छ । तर, दुवै टोली तुलनात्मक रुपमा नेपालभन्दा बलियो रहेको प्रशिक्षक जगदिश भट्ट बताउँछन् ।

‘नेपालभन्दा किर्गिस्तान र माल्दिभ्स तुलनात्मक रुपमा शारिरिक र मानसिक रुपमा बलियो देखिन्छ तर, हामीले पनि राम्रो टिम बनाएका छौं । आशा छ प्रतियोगितामा राम्रो शुरुवात गर्न सक्ने छौं,’ भट्टले भने ।

नेपालले एभिसी सेन्ट्रल जोनमा अहिलेसम्म कास्य पदक उचालेको छ । विसं २०७३ मा माल्दिभ्समा भएको एभिसीमा नेपालले पहिलो उपाधि हात पारेको थियो । तर, घरेलु मैदानमा हुन लागेको प्रतियोगितामा यो भन्दा राम्रो नतिजाको अपेक्षा गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा सोमबार बिहान दश बजे तुर्किमिनिस्तान र अफगानिस्तान भिड्नेछन् भने दिउँसो चार बजेको खेदमा नेपालले किर्गिस्तानसँग खेल्ने छ। यस्तै नेपालले समूहको आफ्ना दोस्रो खेल माल्दिभ्ससँग बुधबार दिउँसो पाँच बजे खेल्नेछ ।

प्रतियोगिता भदौ ८ गते सम्पन्न हुनेछ । विजेता टोलीले स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने भलिबल संघले बताएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : १८ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ