स्मार्टफोन बन्न सक्छ मृत्युको कारण, बेलैमा सावधान हुनुहोस् « Khabarhub

स्मार्टफोन बन्न सक्छ मृत्युको कारण, बेलैमा सावधान हुनुहोस्


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अहिले स्मार्टफोनको सुविधाका कारण मानव जीवनमा अपरिहार्य बनेको छ । दैनिक जीवनमा हामी स्मार्टफोनको प्रयोग अधिकतम गर्दै आएका छौं । तर के तपाईंलाई थाहा छ, स्मार्टफोनको प्रयोगले मानिसको मृत्युसमेत हुनसक्छ ।

एक अध्ययनअनुसार प्रतिदिन ६ घण्टाभन्दा बढी समय मोबाइलको प्रयोग गर्नु मोटापनाको कारण बन्ने बताइएको छ ।

कोलम्बियाको साइमन बालिवर यूनिभर्सिटिका प्रमुख अनुसन्धानकर्ता मिरारी मैन्टिला मैरोनका अनुसार स्मार्टफोनको बहुप्रयोग र अन्य सर्भिसेजलाई एक्सेस प्रयोग गर्दा मोटोपन बढ्ने छ ।

१९ देखि २० बर्षको औसत उमेरका १ हजार बढी विद्यार्थीमा गरिएको यो अनुसन्धानअनुसार ६ घण्टाभन्दा बढी समय स्मार्टफोनको प्रयोग गर्नेहरुको मोटापना बढ्ने खतरा ४३ प्रतिशत रहन्छ ।

यतिमात्र होइन, दिनभरमा स्मार्टफोनको प्रयोगकर्ताले सामान्य मानिसका तुलनामा दुईगुणा मात्रामा फास्टफुड, सुगर तथा स्न्याक्स सेवन गर्छन् । जसका कारण शारीरिक तन्दुरुस्तीमा गिरावट आउनुका साथै शारीरिक वजनमा वृद्धि हुनेछ ।

यसले कालान्तरमा स्मार्टफोनका प्रयोगकर्ताको मधुमेह, हृदयघात लगायतका गम्भीर रोगका कारण असामयीक मृत्यु हुन सक्छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ०२ बजे

नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर– भोजपुरमा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

अस्पताल भवन बन्यो, सञ्चालनमा आएन

म्याग्दी– शिरानमा ६ भिरालो जग्गामा गुजुमुज्ज परेको दोवागाउँ । गाउँको

हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

हुम्ला– प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिनमात्र बाँकी रहँदा हिमाली

आचारसंहिता उल्लङ्घनका २० हजार प्रचार सामग्री हटाइए

धनुषा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल