भाग्यमानी खसी ब्यापारी : तीनवटा खसीको दाम ३५ लाख पाए « Khabarhub

भाग्यमानी खसी ब्यापारी : तीनवटा खसीको दाम ३५ लाख पाए


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुन्दा अनौठो लाग्ने यो घटना भने नेपालको होइन, छिमेकी राष्ट्र भारतमा तीन वटा खसीको मूल्य ३५ लाख परेको हो ।

भारतको लखनउका खसी पालक तथा ब्यापारी अब्दुल करीमले बकरइदको अवसरमा बेचेका तीन वटा खसीको मूल्य ३५ लाख पाएका हुन् । अब्दुलका तीन खसीमध्ये भोपालका एक व्यवसायीले जोडी खसीलाई २४ लाख मूल्य दिएर खरिद गरेका थिए भने अर्का ग्राहकले ११ लाख २० हजार दिएका थिए ।

खसीको मूल्य लाखौं पर्नुको पछाडी ति खसीको प्रजाति हो । तीनवटै खसी सोजल प्रजातिका हुन् । विदेशी सोजल जातका खसीको मासु निकै राम्रो मानिन्छ । सोजल प्रजातिका बाख्रीले भने कम दूध दिन्छन् ।

खसी पालक अब्दुलका अनुसार १८ महिना अघि ७० हजारमा पाठा किनेर तिनलाई पाल्दै आएका थिए । अब्दुलले खसीलाई दैनिक गहु“, जौ, चना, मटरलगायतका दाना मिसाएर ख्वाउने गरेका थिए । खसीलाई खुवाउने दानाको विषयमा उनले नियमित पशु चिकित्सकको सल्लाहअनुसार डाइट मिलाएर खुवाउने गरेका थिए । त्यति, मात्र होइन खसीको विशेष ‘रौं’को समेत अलग्गै ट्रिमिंग गरिन्थ्यो ।

अब्दुलले ति खसी किन्दा १७/१८ किलो मात्र रहेकोमा बिक्री गर्ने बेलासम्ममा २१० देखि २२० किलोसम्मका थिए । अझ रोचक कुरा त के छ भने तीनवटा खसीको स्याहारका लागि अब्दुलले ३ जना कामदार राखेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : २४ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ