बनेपा नगरपालिकाका सव–इन्जिनियर घुससहित पक्राउ « Khabarhub

बनेपा नगरपालिकाका सव–इन्जिनियर घुससहित पक्राउ


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बनेपा नगरपालिका–११ का सव–इन्जिनियर (करार) आकाश श्रेष्ठलाई लाई घुससहित पक्राउ गरेको छ ।

श्रेष्ठले २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको घर निर्माणको लागि सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले सेवाग्राहीसँग २५ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई बनेपा नगरपालिका वडा नं–८ नाला दोबाटोस्थित द किचन भान्साघर एण्ड रेस्टुरेन्टबाट रंगेहात पक्राउ गरेको हो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : २१ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको