यात्रीलाई कुरुप भन्ने विमानस्थल कर्मचारीको जागिर गयो « Khabarhub

यात्रीलाई कुरुप भन्ने विमानस्थल कर्मचारीको जागिर गयो


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकाको न्यूयोर्कस्थित ग्रेटर रोचेष्टर अन्तर्राष्ट्रिय विमानस्थलकी सुरक्षा कर्मचारीले एक यात्रीलाई कुरुप लेखेको पत्र दिएपछि उनको जागिर गएको छ । विमानस्थलको प्रशासनले यात्रीलाई कुरुप भन्ने महिला सुरक्षा कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको हो ।

गत जुन महिनामा विमानस्थलकी महिला सुरक्षा कर्मचारीले ४० वर्षे यात्री निल स्ट्रास्नरलाई मेटल डिटेक्टर जाँच गर्ने क्रममा एउटा पत्र दिएकी थिइन् । उनले सुरक्षा जाँच गरिसकेपछि केही टाढा पुगिसकेका थिए ।

त्यसपछि ती महिला सुरक्षा कर्मचारीले चिच्याएर उनलाई त्यो पत्र हेर्न भनेकी थिइन् । त्यो पत्र खोलेर हेर्दा त त्यहाँ ‘यू अग्ली’ अर्थात् तिमी कुरुप लेखिएको थियो । त्यो पढेर लाजले भुतुक्क भएका यात्रीलाई देखेर ती कर्मचारी भने मरीमरी हाँसेकी थिइन् ।

सुरक्षा कर्मचारीको यस्तो व्यवहारपछि स्ट्राटनरले विमानस्थल प्रशासनलाई त्यसबारे उजुरी गरेका थिए । त्यसपछि विमानस्थलले ती कर्मचारी महिलालाई बर्खास्त गरेको जनाइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ८ : ४५ बजे

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण