अरुण खोलाको डाइभर्सन बग्यो, सयौं सवारी अलपत्र | Khabarhub Khabarhub

अरुण खोलाको डाइभर्सन बग्यो, सयौं सवारी अलपत्र


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामकुमार श्रेष्ठ

नवलपरासी–पूर्वी नवलपरासीको अरुणखोलामा आएको बाढीले डाइभर्सन बगाए पछि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा महेन्द्र राजमार्ग हुँदै चल्ने सयौं सवारीसाधन अलपत्र परेका छन् ।

लगातारको वर्षाले नदीमा पानीको सतह बढेपछि नदीमा बनाइएको डाइभर्सन समेत बगेको छ ।

महेन्द्रराजमार्गको अरुणखोला पुल भाचिएका कारण बनाइएको डाइभर्सन सडक भन्दा माथिवाट खोलाको बाढी बग्न थाले पछि महेन्द्र राजमार्गको यातायात ठप्प भएको छ ।

आइतवार साँझ ५ बजेपछि लगातारको वर्षादका कारण अरुणखोलामा पानीको सतह बढेपछि गाडी बगाउने जोखिम हुन नदिन डाइभर्सनमा गाडी गुडाउन रोक लगाएको हो ।

जिल्ला ट्राफिक प्रहरीका अरुणखोलामा खटिएका सई राजेन्द्र कुमार कार्कीले दिएका अनुसार सांझ साढे ५ बजे पछि यातायात रोकिदा महेन्द्र राजमार्ग हुदै पुर्वपश्चिम हिडेका सयौं सवारीसाधन अरुणखोलाको पुर्व पश्चिम अलपत्र परेका छन् ।

पानीको सतह पुरै नघटेसम्म बाढीले गाडि बगाउने जोखिमहुने त्रासले यातायात संचालन हुन नदिने उनले जानकारी दिए । पानीको सतह पुरै घटेपछि अवस्था हेरेर यातायात खुलाइने उनले सुनाए ।

५ दिन अघि अरुणखोला पुलमा गाडी ठोक्किएका कारण पुल भाचिए पछि ३ दिन लगाएर बैकल्पिक सडक बनाएर आवगम नखुलाइएको थियो । हयूम पाइप राखेर बनाएको कच्चि डाइभर्सन सडक भन्दा माथिवाट पानी बगेपछि फेरी राजमार्ग अबरुद्ध भएको हो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ९ : ०९ बजे

अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागमै, जिल्ला प्रशासन जानु नपर्ने

काठमाडौं– अनलाइन सञ्चारमाध्यम अब सूचना विभागबाटै दर्ता गर्न सकिने भएको

तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइयो

काठमाडौं– मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइएको

केही नेताहरूको राहदानी रोक्का गर्ने सरकारको तयारी

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको

इजरायलका प्रधानमन्त्री नेतन्याहु न्यूयोर्क प्रस्थान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने क्रममा इजरायलका प्रधानमन्त्री