अरुण खोलाको डाइभर्सन बग्यो, सयौं सवारी अलपत्र « Khabarhub

अरुण खोलाको डाइभर्सन बग्यो, सयौं सवारी अलपत्र


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामकुमार श्रेष्ठ

नवलपरासी–पूर्वी नवलपरासीको अरुणखोलामा आएको बाढीले डाइभर्सन बगाए पछि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा महेन्द्र राजमार्ग हुँदै चल्ने सयौं सवारीसाधन अलपत्र परेका छन् ।

लगातारको वर्षाले नदीमा पानीको सतह बढेपछि नदीमा बनाइएको डाइभर्सन समेत बगेको छ ।

महेन्द्रराजमार्गको अरुणखोला पुल भाचिएका कारण बनाइएको डाइभर्सन सडक भन्दा माथिवाट खोलाको बाढी बग्न थाले पछि महेन्द्र राजमार्गको यातायात ठप्प भएको छ ।

आइतवार साँझ ५ बजेपछि लगातारको वर्षादका कारण अरुणखोलामा पानीको सतह बढेपछि गाडी बगाउने जोखिम हुन नदिन डाइभर्सनमा गाडी गुडाउन रोक लगाएको हो ।

जिल्ला ट्राफिक प्रहरीका अरुणखोलामा खटिएका सई राजेन्द्र कुमार कार्कीले दिएका अनुसार सांझ साढे ५ बजे पछि यातायात रोकिदा महेन्द्र राजमार्ग हुदै पुर्वपश्चिम हिडेका सयौं सवारीसाधन अरुणखोलाको पुर्व पश्चिम अलपत्र परेका छन् ।

पानीको सतह पुरै नघटेसम्म बाढीले गाडि बगाउने जोखिमहुने त्रासले यातायात संचालन हुन नदिने उनले जानकारी दिए । पानीको सतह पुरै घटेपछि अवस्था हेरेर यातायात खुलाइने उनले सुनाए ।

५ दिन अघि अरुणखोला पुलमा गाडी ठोक्किएका कारण पुल भाचिए पछि ३ दिन लगाएर बैकल्पिक सडक बनाएर आवगम नखुलाइएको थियो । हयूम पाइप राखेर बनाएको कच्चि डाइभर्सन सडक भन्दा माथिवाट पानी बगेपछि फेरी राजमार्ग अबरुद्ध भएको हो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ९ : ०९ बजे

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले