भारतमा फेला परे नयाँ प्रजातिका माछा « Khabarhub

भारतमा फेला परे नयाँ प्रजातिका माछा


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा नयाँ दुई प्रजातिका माछा फेला परेका छन् । उत्तरपूर्वी भारतको मिजोरम राज्यस्थित कलादन नदीमा नौलो प्रजातिको क्याटफिस फेला परेको हो । नयाँ प्रजातिको माछालाई ग्लापोठोराक्स गोपी नाम दिइएको छ ।

त्यस्तै, उत्तरी भारतको हिमाचल प्रदेशस्थित शिम्बलबारा नदीमा अर्को प्रजातिको माछा फेला परेको हो । नयाँ प्रजातिको माछालाई गरा शिम्बलबाराएसिस नाम दिइएको छ । भारतको जीवविज्ञा सर्वेक्षणका वैज्ञानिकहरुले नयाँ प्रजातिका माछाहरु फेला पारेका हुन् ।

दुबै माछाको लम्बाई ७ सेन्टिमिटर भन्दा कम रहेको र दुबै माछाहरु नदीको तीब्र वहावमा जीवित रहनसक्ने क्षमताको रहेको बताइएको छ ।
ग्लापोठोराक्स गोपी कडा खैरो रंगको रहेको र गरा शिम्बलबाराएसिस माछा पहेंलो–कैलो रंगको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ९ : २७ बजे

गोली हानेर काठमाडौँको पिंगलास्थानबाट खैरो हेरोइन कारोबारी पक्राउ

काठमाडौँ– काठमाडौँको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०