भारतमा फेला परे नयाँ प्रजातिका माछा « Khabarhub

भारतमा फेला परे नयाँ प्रजातिका माछा


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा नयाँ दुई प्रजातिका माछा फेला परेका छन् । उत्तरपूर्वी भारतको मिजोरम राज्यस्थित कलादन नदीमा नौलो प्रजातिको क्याटफिस फेला परेको हो । नयाँ प्रजातिको माछालाई ग्लापोठोराक्स गोपी नाम दिइएको छ ।

त्यस्तै, उत्तरी भारतको हिमाचल प्रदेशस्थित शिम्बलबारा नदीमा अर्को प्रजातिको माछा फेला परेको हो । नयाँ प्रजातिको माछालाई गरा शिम्बलबाराएसिस नाम दिइएको छ । भारतको जीवविज्ञा सर्वेक्षणका वैज्ञानिकहरुले नयाँ प्रजातिका माछाहरु फेला पारेका हुन् ।

दुबै माछाको लम्बाई ७ सेन्टिमिटर भन्दा कम रहेको र दुबै माछाहरु नदीको तीब्र वहावमा जीवित रहनसक्ने क्षमताको रहेको बताइएको छ ।
ग्लापोठोराक्स गोपी कडा खैरो रंगको रहेको र गरा शिम्बलबाराएसिस माछा पहेंलो–कैलो रंगको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ९ : २७ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने