पूर्वयुवराज पारसद्वारा डिउटीमा खटिएका प्रहरीमाथि हातपात ! « Khabarhub

पूर्वयुवराज पारसद्वारा डिउटीमा खटिएका प्रहरीमाथि हातपात !


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेका छन् ।

आमा कोमललाई बिदा गर्न विमानस्थल पुगेका उनले ड्युटीमा रहेका प्रहरी नायव उपरीक्षकमाथि हातपात गरेका हुन् । विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीले चेकजाँच गर्नेक्रममा उनका छोरा हृदयेन्द्र शाह र बहिनी पेरणाका छोरालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै प्रहरीको छात्तीमा समातेर धकेलेका थिए ।

उनका समर्थकले राजतन्त्रको नारा लगाउँदै गरेका बेला उनी भने सुरक्षार्थ खटिएका प्रहरीमाथि नै जाइलागेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा देखिएको दृश्य हेर्दा पनि पूर्वयुवराज पारस फर्कीफर्की प्रहरीमाथि झम्टिएको देखिएको छ । सामाजिक सञ्जालमा जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी माथिको दुर्व्यवहार गर्ने पूर्वयुवराज पारसलाई कारबाही गर्न माग गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ९ : ५९ बजे

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : चुनावी समीक्षासँगै नियमित महाधिवेशन मिति तय गर्न सक्ने

काठमाडौं – फागुन २१ को चुनावमा लज्जास्पद हारपछि नेपाली कांग्रेसले

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता

एजेन्सी– गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना