डेंगुबाट बच्ने उपायबारे ८० प्रतिशत बढी अनविज्ञ « Khabarhub

डेंगुबाट बच्ने उपायबारे ८० प्रतिशत बढी अनविज्ञ


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –पछिल्लो समय डेंगुको संक्रमणले मुलुकभर प्रकोपको रुप लिएको छ । सरकारी तथ्यांक अनुसार झण्डै ६ हजार डेंगुबाट संक्रमित भएका छन् ।

डेंगु रोगको बारेमा धेरैले सुने पनि यसको संक्रमणबाट कसरी बच्ने कमैलाई मात्र थाहा पाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ।

परिषद्ले गरेको अनुसन्धानमा ८० प्रतिशतलाई यो रोगबाट बच्ने उपाय थाहा नभएको पाइएको हो। नौ वर्षअघि सन् २०११ मा भएको एक अध्ययनमा संलग्न कुल व्यक्तिमध्ये १३ प्रतिशतलाई मात्र डेंगुबाट बच्ने उपाय राम्रोसँग थाहा भएको पाइएको र बाँकीलाई थाहा नभएको पाइएको थियो।

नौ वर्षको अवधिमा सो संख्या बढेर २० प्रतिशत मात्र पुगेको अनुमान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाको छ।

‘सन् २०११ को अनुसन्धानलाई आधार मान्दा डेंगुबाट बच्ने उपाय राम्रोसँग थाहा हुनेको संख्या २० प्रतिशतसम्म पुगेको हुनुपर्छ,’ झाले भने।

‘‘गमला, छतमा जम्मा भएको पानी, टायर, ड्रम बाल्टिनमा जम्मा भएको पानी मात्र सफा गरे पनि लामखुट्टेको संख्या घट्छ,’ परिषद्का प्रमुख अनुसन्धान अधिकृत मेघनाथ धिमालले भने।

डेंगुको लामखुट्टेले १८ सयदेखि २१ सय मिटरको उचाइमा प्रजनन गर्नसक्ने पाइएको छ। परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार डेंगुबारे सही ज्ञानको अभावमा मानिसहरुले आआफ्नो तरिकाले बच्ने उपाय खोजे पनि सबै तरिका सही होइन ।

डेंगुको मुख्य कारण एडिस एजिप्टाइ र एडिस एल्वोपिक्टस नामक लामखुट्टेले सार्ने डेंगु भाइरस हो । डेंगुको औषधि नभएकाले संक्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्ने र लामखुट्टे तथा यसको गुँढ नष्ट गर्नु नै उत्तम उपाय हो ।

हाल लामखुट्टे भगाउन धुवाँ र फगिङ (डेंगु गन) अपनाउनु भन्दा जीव वैज्ञानिकको सहयोगमा जैविक विधि अपनाएर लार्भा र अण्डा नष्ट गर्ने अन्तर्राष्ट्रिय विधि शीघ्र अवलम्वन गर्न पनि विज्ञहरुले सुझाव दिएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ६ : ५४ बजे

अर्जेन्टाइन राष्ट्रपति ट्रम्प समर्थक भएकैले रेफ्रीले ‘फेभर’ गरेको चर्चा सुरु

काठमाडौं- विश्वकपको राउन्ड अफ १६ को खेलमा अर्जेन्टिनासँग ३-२ ले

एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान, विश्वव्यापी लगानी एक हजार खर्ब डलर नाघ्यो

काठमाडौं- कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर,

अर्जेन्टिनाले फिफासँग कुन कोठामा, कति करोडको ‘सेटिङ’ गर्‍यो ? रेफ्री कतिमा बिके ?

काठमाडौं- नेपालका परमपूज्य सर्वज्ञानी फुटबल पण्डितहरूका नाममा एकमुष्ट र निःशुल्क

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई