धरौटी नबुझाउने ५ सय ८६ वटा म्यानपावरको कारोवार बन्द « Khabarhub

धरौटी नबुझाउने ५ सय ८६ वटा म्यानपावरको कारोवार बन्द


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार विभागले संशोधित ऐनअनुसार धरौटी रकम नराख्न ५ सय ८६ वटा म्यानपावर कम्पनीको कारोवार बन्द गरेको छ ।

विभागले गत भदौ १८ गतेसम्म धरौटी नराखेका, मर्जरमा गएका म्यानपावर र विगतमै खोरजीमा परेका गरी ५ सय ८६ म्यानपावर कम्पनीका नाममा कुनैपनि कारोवार नगर्न सम्बन्धी पक्षलाइै सूचनामार्फत जानकारी गराएको छ ।

विभागले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिमको बैंक ग्यारेन्टी र नगद धरौटी नराखेका २ सय १२ म्यानपावर, वैदेशिक रोजगार विभागमा अद्यावधिक नभएका कारोवार बन्द भएका १ सय ७० वटा र विगतमा २ सय ४ वटा म्यानपावर कम्पनी खारेज भएको भन्दै कारोवार नै प्रतिबन्ध लगाएको विभागले जनाएको छ ।

विभागले गत भदौ १८ गतेसम्म ८ सय ५४ म्यानपावर कम्पनीहरुले ऐनले तोकेको धरौटी र बैंक ग्यारेन्टी राखेको सार्वजनिक गरेको छ ।

विभागले खारेजीको सूचीमा समावेश नभएका तर विभागको अनलाईन सूचना प्रणालीमा निष्कृय देखाएका म्यानपावरको कारोवार रोक्काका विषयमा केही भनिएको छैन ।

विभागले विभागमा प्रतिबन्ध भएका म्यानपावरबाट कारोबार गरे गराएको पाएमा वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

वैदेशिक रोजगार विभागले भाद्र महिनामा मात्रै वैदेशिक रोजगारी पीडितहरुलाई २ करोड १४ लाख नगद क्षतिपूर्ति भराएको छ । भने ,२ करोड ८५ लाख विगो दाबी सहित ४१ मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा पठाएको विभागले जानकारी दिएको छ ।

त्यसैगरि ब्यवसायीहरुबाट १९ लाख ५० हजार जरिवाना समेत असूली गराएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १२ : ३२ बजे

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी