नागरिकता विधेयक पारित हुन नदिन देउवाको निर्देशन « Khabarhub

नागरिकता विधेयक पारित हुन नदिन देउवाको निर्देशन


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिएका छन् ।

पार्टी संसदीय दलका नेता समेत रहेका देउवाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै सो विधेयकलाई पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिए ।

बुधबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठक डाकेका देउवाले नागरिकता विधेयक पार्टीको अडान अनुसार संशोधन नगरी पारित हुन नदिन सांसदहरुलाई निर्देशन दिए ।

राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा नेपाली कांग्रेसका सांसदहरुले फरक मत राखि अघि बढ्न दिएका छैनन् । सो विधेयकमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिला र नेपाली महिलासँग विवाह गरेर नेपाल बस्न चाहेका विदेशी पुरुषलाई पनि तत्काल वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने नेपाली कांग्रेसको अडान छ ।

सभापति देउवाले पार्टीको सोही अडान नछाड्न समितिमा रहेका पार्टीका सांसदहरुलाई सचेत गराए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  २ : ३० बजे

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्

तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन : तीन सवारीसाधन नियन्त्रणमा

दमौली– तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको