तेल प्रशोधन केन्द्र आक्रमण : इरानी संलग्नताको प्रमाण पेश गर्दै साउदी « Khabarhub

तेल प्रशोधन केन्द्र आक्रमण : इरानी संलग्नताको प्रमाण पेश गर्दै साउदी


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद– साउदी अरबले आफ्नो मुलुकका दुई तेल प्रशोधन केन्द्रमा गत शनिबार भएको ड्रोन आक्रमणमा इरानको हात रहेको प्रमाण पेश गर्ने घोषणा गरेको छ ।

साउदी रक्षामन्त्रालयका अनुसार शनिबारको आक्रमणमा इरानको संलग्नता रहेको प्रमाण पेश गर्न स्थानीय समयअनुसार बुधबार अबेर पत्रकार सम्मेलन गरिनेछ ।

शनिबार भएको आक्रमणको जिम्मा यमनका हुथी विद्रोहीले लिएपनि साउदी अरबले भने यसअघि नै उक्त आक्रमणको उद्गमस्थल यमन नै रहेकोमा आशंका रहेको स्पष्ट पारिसकेको छ ।

साउदी अरबले आक्रमणमा इरानको प्रत्यक्ष संलग्नता रहेको प्रमाण पेश गरेको खण्डमा साउदी अरब र अमेरिकालाई इरानविरुद्ध कदम चाल्न दबाब पैदा हुने र मध्यपूर्वमा युद्धको अवस्था आउनसक्ने विश्लेषण गरिएको छ ।

यता, इरानले भने आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आफ्नो मुलुकविरुद्ध आक्रमण भए त्यसको जवाफ दिन तयार रहेको बताउँदै आएको छ । यसअघि पनि अमेरिकी विदेशमन्त्री माइक पम्पेओले उक्त आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाइसकेका छन् ।

यसैबीच, साउदी अरबमा भएको आक्रमणबारे साउदी उच्च अधिकारीसँग वार्ताका लागि अमेरिकी विदेशमन्त्री माइक पम्पेओ साउदी अरबको भ्रमणमा लागेका छन् । त्यस्तै, इरान तथा यमनविरुद्ध लगाइएको नाकाबन्दीको नियमन गर्ने संयुक्त राष्ट्रसंघीय अधिकारी पनि साउदी अरबतर्फ प्रस्थान गरेका छन् ।

त्यसबाहेक साउदी अरबका शक्तिशाली युवराज मोहम्मद बिन सलमानको आग्रहमा फ्रान्सले पनि आफ्ना विशेषज्ञलाई यसबारे अध्ययनका लागि साउदी अरब पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ६ : ०८ बजे

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव

काठमाडौं– खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपालको

श्याम घिमिरेको स्पष्टीकरण : देउवा पक्षका कसैले गगनको राजीनामा मागेका छैनौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचनको परिणामपछि आफूहरू कसैले

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा