मेक्सिकोमा प्लाष्टिक झोलामा २९ शव फेला « Khabarhub

मेक्सिकोमा प्लाष्टिक झोलामा २९ शव फेला


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी– मेक्सिकोमा एक सयवटा प्लाष्टिकका झोलामा २९ शवका अवशेष फेला परेको अधिकारीले खुलासा गरेका छन् ।

मेक्सिकोको पश्चिमी राज्य हालिस्कोस्थित जापोपान शहरमा एक गोप्य चिहानमा २९ शवका अवशेष फेला परेको हो ।

ती शवलाई एक सयवटा प्लाष्टिकका झोलाभित्र राखिएको अवस्थामा यही महिनाको पहिलो साता फेला परेको अधिकारीहरुले जनाएका छन् ।

तीमध्ये १३ शवको पूर्ण अवशेष तथा बाँकी १६ शवको अवशेष अपूर्ण रहेको जनाइएको छ । फेला परेका शवमध्ये दुई जना महिलाको रहेको तथा कम्तीमा ४ जना यसअघि आपराधिक गतिविधिमा संलग्न रहेकाको भएको हालिस्को राज्यका न्यायाधिवक्ताले जनाएका छन् । यद्यपि, उनीहरु कुन प्रकृतिको अपराधमा संलग्न थिए भन्नेबारे केही खुलाइएको छैन ।

मेक्सिकोको हालिस्को राज्यमा विभिन्न लागूऔषध समूहबीच हिंसा मच्चिँदै आएको छ । त्यस क्षेत्रमा विश्वकै सबैभन्दा कुख्यात मानिने हालिस्को न्यू जेनेरेशन नामक समूहसमेत सक्रिय छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ९ : ०४ बजे

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल