अवार्ड दिलाउने नाममा अध्यक्षबाटै ‘इमोसनल ब्ल्याकमेलिङ’ « Khabarhub

अवार्ड दिलाउने नाममा अध्यक्षबाटै ‘इमोसनल ब्ल्याकमेलिङ’


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा हुन लागेको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’का महासचिव तथा कलाकार संघ युएसएका अध्यक्ष सुमन बुढालाई पदबाट निलम्बन गरिएको छ ।

अवार्ड दिलाइ दिने नाममा पटक–पटक इमोसनल ब्ल्याकमेलिङ र सेक्सुअल ह्यारेस्मेन्ट गरेको आरोपमा उनलाई पदबाट निलम्बन गरिएको आयोजकले जनाएको छ ।

अध्यक्ष बुढाले अवार्ड दिलाउने नाममा आफूलाई पटक–पटक इमोसनल ब्ल्याकमेलिङ र सेक्सुअल ह्यारेस्मेन्ट गरेको कलाकार छिरिङ डोमा शेर्पाले आरोप लगाएकी हुन् । अवार्ड आयोजक संस्था वर्ल्ड कनेक्शन युएसए इन्कले विज्ञाप्ति जारी गर्दै संघका वर्तमान अध्यक्ष बुढालाई निलम्बन गरेको जनाएको हो ।

युएसए इन्कका उपाध्यक्ष दावा शर्पा र फेदर क्रियशनका निर्देशक सुरज राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अवार्ड कार्यक्रमको व्यवस्थापकका रुपमा तपाइँ सुमन बुढालाई अवार्डको मूल समारोह समितिबाट निलम्बन गरिएको छ ।’

अवार्डसँग जोडिएर गम्भीर आरोप लागेपछि उनलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ८ : ३१ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक