ग्रीन टीले मार्छ क्यान्सरग्रस्त कोशिकाहरू « Khabarhub

ग्रीन टीले मार्छ क्यान्सरग्रस्त कोशिकाहरू


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ग्रीन टीलाई मानिसको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । अरु चियाले स्वास्थ्यमा असर पुर्‍याए पनि ग्रीन टी मानव स्वास्थ्यका लागि औषधि हुने चिकित्सकहरु बताउँछन् ।

हालै भएको एक अध्यनले मुखको क्यान्सरविरुद्ध लड्नमा ग्रीन टी को मुख्य भूमिका हुने देखाएको छ । पेन्सिलभेनिया स्टेट यूनिभर्सिटीका खाद्य वैज्ञानिकहरूले ग्रीन टीमा यस्तो एक तत्व हुने जसले क्यान्सरग्रस्त कोशिकाहरू मार्ने देखिएको बताएका छन् ।

वैज्ञानिकका अनुसार यस शोधले मुखको क्यान्सरको साथसाथै अन्य क्यासरका लागि पनि नयाँ बाटो खुल्नसक्ने सम्भावना बढेको बताएका थिए । ग्रीन टीमा पाइने एपिग्लोकेटचिन–३ ले क्यान्सरग्रस्त कोशिकाहरू मार्ने क्षमता राख्ने वैज्ञानिकको दाबी छ ।

सहायक प्रोफेसर जोशआ ल्याबर्टका अनुसार यो कुरा पत्ता लागेको छ कि ग्रीन टीमा पाउन सकिने एक तत्वले स्वस्थ कोशिकाहरू छाडेर केवल क्यान्सरग्रस्त कोशिकाहरू मार्ने गर्दछ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ८ : ४२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको