मन्त्रिमण्डल फेर्ने कुरा मलाई नसोधिदिए हुन्थ्यो–प्रचण्ड « Khabarhub

मन्त्रिमण्डल फेर्ने कुरा मलाई नसोधिदिए हुन्थ्यो–प्रचण्ड


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर बारेको कुरा आफूलाई नसोध्न आग्रह गरेका छन् ।

शुक्रवार (आज) सुदूरपश्चि प्रदेश पत्रकारसँग कुरा गर्दै नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको कुरा आफूलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्ने बताए ।

‘यो कुरा मलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ । यो प्रधानमन्त्रीको क्षेत्रधिकार भित्रको कुरा हो । उहाँले जे सोच्नु हुन्छ त्यही हुन्छ’ प्रचण्डले भने ।

तपाईं पनि त पार्टी अध्यक्ष हो नि त ! भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने,‘पार्टी अध्यक्ष म पनि हो मसँग प्रधानमन्त्रीले सल्लाह गर्नुहुन्छ । तर अहिले मिडियामा आएको जस्तो यो जाने भयो रे, यो आउने भयो रे भन्ने भएको छैन ।’

मन्त्रिमण्डल हेरफेर गर्ने बारेमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र आफ्नाबीच कुनै चर्चा नभएको प्रचण्डको दाबी थियो ।
‘प्रधानमन्त्री र मेरो कुरा हुँदा यो चर्चा भएको छैन,’ प्रचण्डले भने,‘ हाम्रो बीचमा ठोस रुपमा कुरा भएको छैन । यो विषय प्रधानमन्त्रीको सोचको विषय हुन्छ ।’

केही दिन अघि प्रधानमन्त्री केपी ओली र प्रचण्डको बीचमा भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुको कामबाट चित्त नबुझेको भन्दै मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा प्रचण्डसँग छलफल गरेका थिए ।

तत्कालै मन्त्रिमण्डल हेरफेर गर्ने भनिएपनि छठ सम्मलाई यो विषय रोकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले खबहरबसँग बताएका थिए ।

‘तिहार र छठपछि मात्र यो विषयमा कुरा हुने भएको छ’ श्रेष्ठले खबरहबसँग भनेका थिए,‘तत्कालै नगरौं भन्ने कुरामा दुबै अध्यक्ष सहमत हुनु भएको छ ।’

नेकपाले वुधवार आयोजना गरेको चियापान कार्यक्रममा नेकपाका नेता माधव कुमार नेपालले पनि तत्काल मन्त्रिमण्डल पुनर्गठन गर्न नहुने बताएका थिए ।

उपनिर्वाचन नजिकिएको र मन्त्रिमण्डल हेरफेर गर्दा त्यसमा पनि प्रभाव पर्न सक्ने भन्दै नेता नेपालले तत्काल मन्त्रिमण्डल पुनर्गठन उपयुक्त नभएको बताएका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ११ : ०७ बजे

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट