दुई दशकदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनका लागि काम शुरु | Khabarhub Khabarhub

दुई दशकदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनका लागि काम शुरु


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरपालिकामा दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोलीले स्थलगत काम थालेको छ ।

विसं २०५६ देखि असुरक्षाका कारण उडान बन्द गरिएको उक्त विमानस्थल पुनः सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा रियलपात इञ्जिनीयरिङ कन्सलटेन्सीको पाँच सदस्यीय प्राविधिक टोली भीमदत्तनगर आएको हो ।

टोलीले बिहीबारदेखि काम थालेको प्राविधिक टोलीका प्रमुख इञ्जिनीयर गुणदत्त अधिकारीले जानकारी दिए । अध्ययनपछि मन्त्रालयमा प्रतिवेदन पेश गरिने उनको भनाइ छ । टोलीले विमानस्थलको पुराना भौतिक संरचना, हवाइमैदान, रन–वे, विमानस्थलको लम्बाइ/चौडाइलगायत प्राविधिक र अन्य विषयको अध्ययन गर्नेछ ।

बहत्तर सिट क्षमता भएको जहाज सञ्चालनका लागि एक हजार ८८० मिटर लामो रन–वे आवश्यक पर्ने अधिकारीले बताए । ठूला जहाज सञ्चालनका लागि ७० बिघा जमीन आवश्यक परे पनि मझगाउँ विमानस्थलसँग ६५ बिघा जमीन छ ।

विमानस्थलको शुक्लाफाँटा दक्षिणतर्फ रहेको राष्ट्रिय निकुञ्जको जमीन अधिग्रहण गर्न सकेमात्र विमानस्थल सञ्चालनमा ल्याउन सकिने बताइएको छ । रियलपात इञ्जिनीयरिङ कन्सलटेन्सीका इञ्जिनीयर गुरुदत्त अधिकारी, स्मरण भट्ट, सन्देश पौडेल, अविशेक बर्मा र सवइञ्जिनीयर सविन पौडेलको टोली यहाँ खटिएको छ ।

केही महीनायता विमानस्थल सञ्चालनका लागि दबाब दिँदै आएको मझगाउँ विमनास्थल पुनः सञ्चालन सङ्घर्ष समितिका संयोजक रमेश चन्दले विमानस्थल सञ्चालनका लागि सबैको हातेमालो आवश्यक रहेको बताए ।

“हामीले यहाँका जनप्रतिनिधि र स्थानीय तह, नागरिक समाजसहितको प्रतिबद्धता लिएर केन्द्रमा प्रधानमन्त्रीसम्मलाई गुहारर्‍यौ, उनले भने । विमानस्थल संरक्षण एवं सञ्चालनका निम्ति सहयोग पुगोस् भनेर यहाँको भीमदत्तनगरपालिकाले रु २० लाख बजेट चालू आर्थिक वर्षमा विनियोजन गरेको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए ।

उनले विमानस्थल पुनः सञ्चालनका लागि प्रदेश र सङ्घीय सरकारमा समेत लगातार पहल गरिरहेको बताए । झण्डै ६५ बिघा क्षेत्रफलमा फैलिएको मझगाउँ विमानस्थलको लम्बाइ एक हजार ६६५ मिटर र चौडाइ ५०० मिटर छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ११ : २५ बजे

तस्बिरमा हेर्नुहोस् हायात ग्राउन्डमा नोराको प्रस्तुति

काठमाडाैं – भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै

आइपीएल : प्लेअफ दौडबाट बाहिरियो कोलकाता

बेंगलुरु – इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र

सगरमाथा संवादमा १२ विषयका समानान्तर सत्र

काठमाडौं – नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन

किएभ – क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ