कतारले विदेशी श्रमिकको न्यूनतम तलब तोक्न कानून बनायो « Khabarhub

कतारले विदेशी श्रमिकको न्यूनतम तलब तोक्न कानून बनायो


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कतार सरकारले विदेशी श्रमिकको न्यूनतम तलब निधारण गर्ने कानुन पारित गरेको छ । सन् २०२२ को विश्वकप फुटबलको आयोजक राष्ट्र कतार खाडी क्षेत्रमा आप्रवासी श्रमिकको न्यूनतम तलबबारे कानून बनाउने पहिलो देशभित्र परेको छ ।

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोले बुधबारको मन्त्रिपरिषद बैठकले आप्रवासी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको जानकारी सञ्चारमाध्यमार्फत गराएका थिए । बुधबार पारित भएको नयाँ कानून सन् २०२० जनवरीदेखि कार्यान्वयन गर्ने बताएको छ ।

खाडी मुलुकमा न्यूनतम तलब तोक्ने विषयमा नेपाल सरकार र सम्वन्धित मुलुकको निर्णय फरक देखिने गरेको छ । अन्तराष्ट्रिय श्रम संगठन आइएलओले कतार सरकारको पछिल्लो निर्णयलाई कामदारका हितमा महत्वपूर्ण उपलब्धि भन्दै स्वागत गरेको छ ।

कतारमा विभिन्न ३६ देशका २५ लाख बढी कामदारले रोजगारी गरिरहेका छन् । कतारले सबै मुलुकका कामदारको तलब बरावरी हुने बताएको छ । तर पश्चिमा मुलुकका सञ्चारमाध्यमहरु नेपाली कामदार सबैभन्दा बाढी मारमा परेको भन्दै पटक पटक आफ्ना समाचारका विषय बनाउने गरेका छन् ।

रोजगारीका लागि कतार जाने नेपाली अदक्ष कामदारको तलब न्युनतम ९ सय कतारी रियाल तोकेपनि कतारका रोजगारदाताले ७ सय ५० रियाल मात्रै दिने गरेका छन् ।
हाल कतारमा ५ लाख नेपाली कार्यरत रहेका छन् । नयाँ कानूनले उनीहरुसहित रोजगारीका लागि जाने नयाँ कामदारहरु पनि लाभान्वित हुने छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १२ : १३ बजे

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन

गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु

काठमाडौं – कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न आवश्यक अध्ययन

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित