विदेशी श्रमिक लिँदा मलेसियाली रोजगारदाताले १७ चरण पार गर्नुपर्ने « Khabarhub

विदेशी श्रमिक लिँदा मलेसियाली रोजगारदाताले १७ चरण पार गर्नुपर्ने


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाका रोजगारदाता कम्पनीले विदेशी श्रमिक रोजगारीका लागि आपूर्ति गर्दा १७ वटा प्रक्रिया पूरा गर्नुपर्ने भएको छ ।

मलेसियाको मानव संशाधन मन्त्रालय र गृह मन्त्रालयले परिवर्तन गरेको नयाँ नियमअनुसार कुनै पनि रोजगारदाता कम्पनीले विदेशी कामदार आफना कम्पनीमा रोजगारीमा लिन १७ वटा चरण पार गर्नुपर्ने व्यवस्था गरिएको हो ।

सन् २०१८ देखि मलेसिया सरकारले विदेशी कामदार भित्राउने कानून संशोधन गरेको थियो । नयाँ नयाँअनुसार मलेसियाली रोजगारदाताहरुले प्रतिविदेशी कामदार २ लाख १५ हजार रुपैयाँसम्म खर्च हुने मलेसियाको श्रम विभागले जनाएको छ ।

यस्तै मलेसियाका रोजगारदाता कम्पनीले विदेशी कामदारलाई छुटाएको डिमाण्ड प्रमाणिकरणको काम पनि श्रम विभागबाट गर्ने थलिएको छ ।

नेपालसँगको श्रम समझदारी कार्यान्वयन गर्न मलेसिया सरकारले डिमाण्ड प्रमाणिकरणका काम श्रम विभागबाट गर्ने थालेको हो । योभन्दा अगाडि डिमाण्ड प्रमाणीकरणको काम नेपाली दूतावासबाट गरिँदै आएको थियो ।

नेपालबाट श्रमिक आपूर्ति गर्दै आएका म्यानपावर कम्पनीले पनि मलेसिया जाने कामदारसँग मनपरी रकम लिन पाउने छैनन्  । कम्पनीलाई रोजगारदाताले झन्डै एक महिना बराबरको तलब अर्थात् १ हजार ५० रिंगेट सेवाशुल्क दिन व्यवस्था श्रम विभागबाटै गरिने भएको छ ।

उक्त रकम दुई देशका म्यानपावरहरुले आधा बाँडफाँट गर्नुपर्ने भएको छ । यो सबै काम श्रम विभागबाटै हुने छ । नेपाल र मलेसिया सरकारबीच गत वर्षको कात्तिकमा भएको श्रम सम्झौता अनुसार श्रम विभागले विदेशी श्रमिक भित्राउँदा लाग्न सम्पुर्ण विषयको नियमन गर्ने थालेको हो ।

श्रम विभागले विदेशी कामदार भित्राउने प्रक्रियादेखि नै नियमन गर्ने सुरु गरेपछि बिचौलियाबाट हुने श्रमिकमाथिको ठगी नियन्त्रण हुने अपेक्षा छ । सवै काम अनलाइन प्रणालीबाट गरिने भएको छ ।

मलेसियाको नयाँ कानूनी प्रक्रिया धेरै भएका कारण माग ल्याएर नेपाली श्रमिक पठाउन समय लाग्ने रोजगार व्यवसायी कुमुद खनाल बताउँछन् । मलेसियाबाट डिमाण्ड आएको ३ महिना कामदार पठाउन समय लाग्ने उनको भनाइ छ ।

डिमाण्ड प्रमाणिकरणको काम थालियो

मलेसियाको श्रम विभागले नेपाली कामदार ल्याउन इच्छुक मलेसियाली कम्पनीको डिमाण्ड प्रमाणीकरणको प्रक्रिया सुरु गरेको छ । मलेसियास्थित नेपाली दूतावासले मलेसिया रोजगारदाता कम्पनीबाट डिमाण्ड प्रमाणिकरणको काम सुरु गरिएको जनाएको छ । श्रम विभागबाट डिमाण्ड प्रमाणिकरण भएर आएपछि दूतावासले पनि प्रमाणिकरणको काम थालेको दूतावासले जनायो ।

विगत १८ महिनादेखि बन्द मलेसियाको रोजगारी गत भदौ महिनाको अन्तिम साताबाट खुलेको थियो । गत कात्तिक महिनामा भएको श्रम सम्झौता अनुसार नै डिमाण्ड प्रमाणिकरण गर्ने काम भइरहेको दूतावासले जानकारी दिएको छ ।

विभागको डिमाण्ड प्रमाणीकरणपछि दूतावासमा रोजगारदाता कम्पनीहरुको आवेदन धमाधम दिन थालेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए ।

‘मलेसियाको श्रम विभागले मागपत्र प्रमाणीकरणका लागि नयाँ ढाँचा बनाएको छ । सोहीअनुसार दूतावासले काम गर्न थालेको छ । मलेसिया सरकारले विदेशी कामदार भित्राउन नीति परिवर्तन गरेको छ’ उनले भने, ‘मलेसिया रोजगारीमा आउने विदेशी कामदारको व्यक्ति खर्चबाहेक सम्पूर्ण लागत रोजगारदाता कम्पनीले ब्यहोर्ने छन् । मलेसिया कामदार पठाउने म्यानपावरले पनि सेवा शुल्क रोजगारदाता कम्पनीले दिने भएको छ ।’

दूतावासमा दैनिक १० वटाभन्दा धेरै कम्पनीहरुको आवेदन आइरहेको दूतावासले जनाएको छ । पुरानो ढाँचाअनुसार मागपत्र प्रमाणीकरण गर्न करिब ५ सय कम्पनीले फाइल पेश भएको दूतावासले जानकारी दियो ।

ती कम्पनीले पनि नयाँ ढाँचाअनुसार नै पुन मागपत्र प्रमाणिकरण गर्नुपर्ने दूतावासको भनाइ छ ।

मागपत्र प्रमाणीकरण भएपछि मात्र म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागबाट अनुमति लिएर मलेसिया जान चाहने श्रमिकसँग अन्तर्वार्ता लिनुपर्ने हुन्छ ।

गत कात्तिकमा भएको श्रम समझदारीअनुसार रोजगारदाता कम्पनीले नै कामदार ल्याउन लाग्ने सबै खर्च ब्यहोर्नुपर्ने छ । नेपालबाट श्रमिक आपूर्ति गर्दा भिसा, हवाई टिकट, भिसा प्रक्रियामा लाग्ने खर्च र म्यानपावर कम्पनीलाई दिइने सेवाशुल्क सबै रोजगारदाताकै जिम्मेवारीमा पर्नेछ ।

श्रम सम्झौतामा भएको व्यवस्थाअनुसार श्रमिक आपूर्ति गर्ने चाहने कम्पनीलाई मात्र श्रम विभागले रोजगारीमा कामदार लिन अनुमति दिएको छ ।

मलेसिया नेपाली श्रमिकको रोजगारगन्तव्य देशभित्र पर्छ । हाल मलेसियामा ५ लाखभन्दा धेरै नेपाली कार्यरत रहेको दूतावासको अनुमान छ । जसमा १ लाख ५० हजार नेपाली कामदार अवैध रुपमा बसेर काम गरिरहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ४ : १८ बजे

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन

गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु

काठमाडौं – कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न आवश्यक अध्ययन

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित