पुरुषले चाहेर पनि व्यक्त गर्न नसक्ने ६ कुरा « Khabarhub

पुरुषले चाहेर पनि व्यक्त गर्न नसक्ने ६ कुरा


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको आफ्नो बैग्लै चाहना हुने गर्दछ । तर कतिपयले आफ्नो चाहना व्यक्त गर्न नसक्दा त्यसलाई पाउन सक्दैनन् । यस्तै चाहेको कुरा व्यक्त गर्न नसक्नेमा पुरुष पनि पर्दछन् ।

पुरुषहरु के चाहन्छन् त्यो कुरा व्यक्त गर्न नसक्दा उनीहरुको भावना बुझ्न गाह्रो हुने गर्दछ । हामी ६ वटा टिप्स दिदैछौँ, जसबाट तपाईं सजिलै पुरुषले व्यक्त गर्न नसकेका उनीहरुको चाहना बुझ्न सक्नुहुनेछ ।

१. कदर
कुनै पनि पुरुषले चाहने पहिलो बिषय भनेको कदर हो । तपाईंले पुरुषको कदर गर्नु भयो भने तपाईं प्रति उनीहरु सकारात्मक हुने गर्दछन् । यसले ती पुरुषलाई निकै खुसीसमेत दिने गर्दछ ।

२. सम्मान
हरेकलाई आफ्नो सम्मान प्यारो हुन्छ । अझ पुरुषका लागि सम्मान भनेको उसको प्रतिष्ठासँग जोडिन्छ । त्यसैले हरेक पुरुषलाई उचित सम्मान दिनु भयो भने उनीहरु खुसी हुन्छन् ।

३. साथ
हरेक पुरुषले विश्वासी मित्रबाट साथ चाहन्छन् । उनीहरुमा सहने शक्ति हुन्छ भन्दैमा पुरुषहरु धोका सहन सक्छन् भन्ने होइन, पुरुष आफूलाई साथ दिने मानिसप्रति मरिहत्ते गर्छन् ।

४. स्वतन्त्रता
युवा अवस्थाबाटै हरेक पुरुषहरु स्वतन्त्र हुन चाहन्छन् । उनीहरु निजी जीवनमा कसैले दखल नदिउन् भन्ने चाहना राख्छन् । त्यसैले पुरुषलाई स्वतन्त्र छाडे उनीहरु तपाईंप्रति कृतज्ञ हुन्छन् ।

५. मीठो वचन
पुरुषलाई बसमा लिनु छ भने मधुर बोली नै काफी हुन्छ । जस्तै कठोर मानिस पनि मधुर बोलीमा पग्लने गर्दछन् । मधुरको अर्थ नाटकीय होइन, नम्र, सानो र प्रेमयुक्त बोली हो ।

६. प्रोत्साहन
पुरुषले सदैव आफूलाई प्रोत्साहित गर्ने मानिसको कदर गर्छन् । अवस्था अनुसारको उचित सल्लाह र साथ दिएमा उनीहरुले त्यसलाई जीवनभर बिर्सन सक्दैनन् ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ४ : ४३ बजे

यो निर्वाचनले परिवर्तनको अपेक्षा पूरा गर्नेछ : डा. अयोधीप्रसाद यादव (अन्तर्वार्ता)

राजविराज– प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २०७३ असार २७

पाक-अफगान सीमा तनाव चुलियो

बिहसुद– पाकिस्तानले आइतबार छिमेकी अफगानिस्तानको सीमा क्षेत्रमा गरेको व्यापक हवाई

मेची भन्सारबाट आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

काठमाडौं–  नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने

हिन्दू र मुस्लिम समुदायलाई संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालको आग्रह

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर