स्वास्थ्यमन्त्री यादवको निर्देशनमा ‘न्याम्स’को प्रवेश परीक्षा स्थगित | Khabarhub Khabarhub

स्वास्थ्यमन्त्री यादवको निर्देशनमा ‘न्याम्स’को प्रवेश परीक्षा स्थगित


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को शनिबार हुने स्नातकोत्तर तहको प्रवेश परीक्षा स्थगित भएको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा शुक्रबार हुने प्रवेश परीक्षा स्थगित गरिएको हो ।

प्रवेश परीक्षाका लागि फारम भरेका कतिपय विद्यार्थी शनिबारसम्म काठमाडौं आइपुग्न नसक्ने भन्दै विद्यार्थीहरुले नै मन्त्री यादवलाई ध्यानाकर्षण गराएपछि स्वास्थ्यमन्त्रीले परीक्षा रोक्न पत्राचार गरेको न्याम्सका एक पदाधिकारीले जानकारी दिए ।

न्याम्सले शनिबार दिउँसो १ देखि ३ बजेसम्म एमडी, एमएस र एमडीएसको प्रवेश परीक्षा तोकेको थियो । परीक्षा स्थगित भएपछि केही विद्यार्थीहरु आक्रोश पोख्दै मन्त्रालय घेर्न पुगेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ५ : ४५ बजे

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार