युरोकप छनोट फुटबलः अर्मिनियाको पोस्टमा इटालीको ९ गोल « Khabarhub

युरोकप छनोट फुटबलः अर्मिनियाको पोस्टमा इटालीको ९ गोल


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोकप छनोट अन्तर्गत गएराति भएको खेलमा ईटालीले शानदार जित हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा ईटालीले अर्मिनियालाई ९–१ गोल अन्तरले पराजित गरेको छ ।

सिरो ईम्मोबाईल र निकोलो जानिलोले समान दुई तथा चेल्सीका मिडफिल्डर जोर्गिन्होले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए ।

यस्तै निकोलो बरेला, एलेसियो रोमागोन्ली, रिकार्डो आरसोलिनी र फेडरिको चियासाले एक एक गोल गरे । अर्मिनियाका ईडगर बाबायानले एक गोल फर्काए ।

बाबायानले ईटालीलाई ईतिहासकै सबैभन्दा ठूलो जित निकाल्नबाट भने रोकेका थिए । सन् १९४८ मा ईटालीले अमेरिकालाई ९–० गोल अन्तरले हराएको थियो ।

विश्वकप २०१८ मा छनोट हुन असफल ईटालीले युरोकप छनोटमा भने शानदार प्रर्दशन गर्यो । ईटालीले छनोटका १० खेलमा शतप्रतिशत जित आत्मसाथ गर्यो । र समूह जेको शीर्ष स्थानमा रहँदै छनोटको अन्त्य गर्यो । अर्मिनिया १० अंक सहित पाँचौ स्थामा रह्यो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ६ : ३० बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६