मेस्सीको गोलले अर्जेन्टिना हारबाट बच्यो | Khabarhub Khabarhub

मेस्सीको गोलले अर्जेन्टिना हारबाट बच्यो


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लियोनल मेस्सीले अर्जेन्टिनालाई हारबाट जोगाएका छन् । सोमबार राति उरुग्वेसँग भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले २–२ को बराबरी खेलेको हो ।

हारतर्फ उन्मुख अर्जेन्टिनालाई मेस्सीले ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै जोगाएका हुन् । खेलमा अग्रता ईडिन्सन काभानीको गोलमा उरुग्वेले ३४ औ मिनेटमा लिएको थियो ।

सर्जियो अग्युरोले ६३ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । लुईस स्वारेजले ६८ औ मिनेटमा गोल गर्दै उरुग्वेलाई पुन अग्रता दिलाए ।

तर जिततर्फ उन्मुख उरुग्वेलाई मेस्सीले खेलको अन्तिम समयमा निराश पारे । अन्तराष्ट्रिय प्रतिबन्धबाट फर्किएका लियोनल मेस्सीले अर्जेन्टिनामा राम्रो प्रभाव जमाएका छन् ।

अघिल्लो खेलमा उनकै गोलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ७ : ०८ बजे

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी, व्यवस्थापनमा समस्या

दमौली– जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा