घरको छतमा बाह्रै महिना गमलामै फलाउन सकिन्छ धनिया (१० फाइदा सहित) « Khabarhub

घरको छतमा बाह्रै महिना गमलामै फलाउन सकिन्छ धनिया (१० फाइदा सहित)


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धनिया स्वाद र स्वास्थ्यका लागि निकै महत्वपूर्ण मानिन्छ । धनिया खेतीबारे मानिसहरुलाई धेरै जानकारी हुँदैन । धनिया रोप्नका लागि ठाउँ छैन भन्न सोच्नुभएको छ भने त्यो तपाईको भ्रम मात्र हो । घरको छतमा बाह्रै महिना गमलामै उन्नत जातको धनिया फलाउन सकिन्छ ।

धनिया चिसो तथा न्यानो दुबै किसिमको हावापानीमा खेती गर्न सकिन्छ। यसको खेती हिउँद महिनामा तराईमा पनि हुन्छ तर हिउँद, वर्षा दुबैमा चिसो रहने तर बढी तुषारो हिउँ नपर्ने ठाउँहरुमा बाह्रै महिना खेती गर्न सकिन्छ।

धनियाको खेती १००० मिटर देखि ३००० मिटरको उचाईसम्ममा समेत गर्न सकिन्छ । ५ डिग्री सेल्सियस देखि ३० डिग्री सेल्सियस सम्मको तापक्रममा समेत धनिया उब्जाउ गर्न सकिन्छ । १० देखि २० डिग्री सेल्सियसको तापक्रम यसको लागि सबैभन्दा उत्तम मान्छि ।

दैनिक प्रयोगका लागि मासिनले धनिया घरको गमलामा समेत लगाउन सकिन्छ । तर धनियाको लागि पानी नजम्ने प्रशस्त प्राङ्गारिक पदार्थ भएको माटो चाहिन्छ । यसको लागि माटो को पीएच ६ दखि ७ हुनु पर्दछ।

बीउ उम्रेको २० देखि २५ दिनपछि केही मात्रामा यूरिया मलको पनि प्रयोग गर्न सकिन्छ । यसले माटोमा किराहरुलाई मार्छ भने धनियाको बोट मर्न पाउँदैन ।

तराई क्षेत्रमा आश्विन देखि मंसिरसम्म, मध्य पहाडमा भाद्र देखि माघसम्म र उच्च पहाडमा बाह्रै महिना धनिया लगाउन सकिन्छ । बीउ रोपी उम्रेपछि हल्का गोडमेल गर्नु पर्दछ । माटोको चिस्यानको अवस्था हेरेर ४–५ दिनमा पानी हालिरहनुपर्छ । धनियाको बिउ उम्रिन करिब एक साता लाग्न सक्छ । बीउ उम्रेको महिना दिनमा धनियाको पात खानयोग्य हुन्छ।

अचारमा होस् वा तरकारीमा धनियाको मिश्रणले स्वाद दोब्बर बढाउँछ । धनियालाई तरकारी र अचारमा मात्र होइन, जुसको रुपमा पनि सेवन गर्न सकिन्छ । यसका फाइदाहरु यस प्रकार छन्ः

१. हड्डी बलियो बनाउँछ

धनियाको जुसको सबैभन्दा ठूलो फाइदा भनेको धनियामा भरपुर मात्रामा कैल्सियम पाइन्छ, जसले हाम्रो हड्डीलाई बलियो बनाउँछ । साथै भाँचिएको हड्डी जोड्न पनि मद्दत गर्छ ।

२. संक्रमणबाट बचाउँछ

धनियामा एन्टीसेप्टिक गुण हुन्छ, जसले शरीरलाई विभिन्न प्रकारका संक्रमणबाट बचाउँछ ।

नियमित रुपमा धनियाको जुसको सेवनले पानी तथा खाद्यानको सेवनले शरीरमा हुनसक्न विभिन्न संक्रमणबाट बचाउन सहयोगीको भूमिका निर्वाह गर्नसक्छ ।

३. मुधमेह कम गर्छ

धनियालाई एन्टीबायोटिक जडिबुटीको रुपमा चिनिन्छ । प्राकृतिक रुपमा यसलाई मधुमेह कम गर्नको लागि प्रयोग गरिन्छ ।

४. छाला सम्बन्धि समस्यामा

धनियामा एन्टी फंगस, एन्टीसेप्टीक तथा एन्टी अक्सिडेन्ट पाइन्छ । यसको नियमित सेवनले छाला सम्बन्धि सबै प्रकारका समस्याबाट बच्न सकिन्छ ।

५. मुटु स्वस्थ राख्छ

धनियाको सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । धनियामा एन्टी अक्सिेडेन्ट तत्व प्रचुर मात्रा पाइन्छ, जसले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ र राम्रो कोलेस्ट्रालको मात्रालाई बढाउँछ ।

६. पाचन क्रिया स्वस्थ्य

नियमित धनियाको जुस सेवन गर्नाले पाचन क्रियालाई स्वस्थ्य बनाउँछ । पेट फुल्ने, खाना अपच हुने, पेट ढुस्स हुने, छाती पोल्ने जस्ता समस्यमा धनियाको जुसले प्रभावकारी काम गर्छ । धनियामा ‘डायटरी फाइवर्स’ हुन्छ । त्यसैगरी यसमा एन्टीअक्सिडेंन्टस पनि पर्याप्त मात्रामा हुन्छ । जसका कारण फोक्सो सही तरिकाले आफ्नो काम गर्दछ ।

७. उच्च रक्तचाप नियन्त्रण

धनियामा कैल्सियम, आयरन जस्ता तत्व पाइन्छ । बिहान खाली पेटमा धनियाको जुस सेवन गर्दा त्यसले उच्च रक्तचाप नियन्त्रणमा प्रभावकारी काम गर्छ ।

८. अनिन्द्रामा

सुत्नु अघि एक गिलास धनियाको जुसको सेवन लाभदायक हुन्छ । यसले शरीरलाई आराम दिनुका साथै विना कुनै औषधी राम्रो निद्रा लगाउन मद्दत गर्छ ।

९. बोसो घटाउछ

धनिया ‘ब्याड कलेस्ट्रल’ को कम गर्नमा मदत गर्दछ भने ‘गुड कलेस्ट्रल’ को मात्रालाई बढाउँनमा मदत गर्छ । धनियामा कपर, जिंक, आइरन लगायत अन्य जरुरी तत्व प्रचुर मात्रामा हुन्छन् जसले ‘रेड ब्लड सेल्स’ को मात्रा बढाउनमा पनि मदत गर्दछ । यसले मुटुलाई पनि सुरक्षित राख्ने गर्छ । धनियाले शरीरको ‘मेटाबाँलिज्म’ लाई पनि सुधार गर्ने गर्छ ।

१०. कपाल र छालाका लागि फाइदा

धनियामा भिटामिन के, सी, बी र अन्य मिनिरल्स प्रचुर मात्रामा पाइन्छ । यसले कपाल र छालालाई राम्रो बनाउनका लागि लाभदायी हुन्छ । खानासँगै धनिया नियमित रुपमा खानाले छाला स्वस्थ हुन्छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ८ : ३८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना