सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित नपार्दा जोखिम बढ्दै « Khabarhub

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित नपार्दा जोखिम बढ्दै


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उज्वल भविष्यको परिकल्पनासहित वैदेशिक रोजगारमा जानेको पीडा दिनप्रतिदिन बढ्दो छ । नेपालमा धेरै दुःख पाएर सुखको खोजीमा वैदेशिक रोजगारमा जानेका यस्ता गुनासा पनि बढ्न थालेका छन् ।

यस्तै गुनासो र पीडा छ झापाकी संगीता बजगाईं (नाम परिवर्तन)को । उनी २ पटक वैदेशिक रोजगारीमा गएर फर्किएकी हुन् । पहिलो पटक ५ वर्ष लेबलान बसेर फर्किएकी उनी लेबनानको कमाईले गाउँ मै केरा खेती गरिन् ।

राम्रो उत्पादन नभएपछि उनले फेरि वैदेशिक रोजगारी नै रोजिन र युएई पुगिन । युएई पुगेपछि आफूले पाएको शारीरिक र मानसिक पीडा लिएर न्याय खोज्दै वैदेशिक रोजगार विभाग आइपुगेकी छन् ।

वैदेशिक रोजगारीले दिएको पीडा

माओवादी द्वन्द्वकालमा श्रीमान गुमाएकी संगीताको जिम्मेवारी बढेसँगै पीडादायी जीवनपनि त्यहीँबाट शुरु भयो । श्रीमानको युद्धका क्रममा ज्यान गएपछि छोरा र परिवारको जिम्मेवारी उनको काँधमा आयो । यही जिम्मेवारी पूरा गर्न उनी लेबनान लागिन । जहाँ उनले ५ वर्ष बिताईन ।

५ वर्ष लेबनानमा बसेर कमाएको पैसाले उनले झापा मै केराखेती शुरु गरिन् । केरा खेतीबाट आम्दानीभन्दा घाटा धेरै हुन थालेपछि फेरि वैदेशिक रोजगारी नै रोज्न बाध्य भइन् । ‘गाउँ मै केही गरौं भनेर केरा खेती शुरु गरे,’ उनले भनिन्, ‘तर विचौलियाका कारण आफ्नो लगानी भन्दा आम्दानी कम भएपछि विदेशिन बाध्य भइयो । विदेशले नपाउनुको दुःख दियो । अब न्याय पाइन्छ कि भन्दै यता उता भौँतारिँदैछु । तपाईंहरुले पनि सहयोग गरिदिनुहोला ।’

केरा व्यापारमा विचौलियाको विगविग भएपछि पुनः वैदेशिक रोजगारीका लागि उनी युएई गइन । युएईमा कामसँगै धेरै शारीरिक र मानसिक समस्या पाएको भन्दै उनले आफूलाई विदेश पठाउने एजेन्ट विरुद्ध उजुरी गर्न उनी बैदेशिक रोजगार विभाग आइपुगेकी छन् ।

‘नेपालमा भन्दा राम्रो कमाइ हुने आसमा २७ महिनाअघि युएई रोजगारीका लागि पुगेकी थिएँ । त्यहाँ क्यान्टिनमा काम थियो । क्यान्टिनमा सरसफाई र तरकारी काटने काम गरेँ’, उनले आफूले गरेको कामको फेयरिस्ता सुनाउँदै भनिन्,‘करिब दैनिक १२ घन्टा काम गर्नु गर्थ्यौ । क्यान्टिनमा धेरै पुरुष श्रमिक थिए । हामी ४ जनामात्र महिला थियौं । साहुको सालो र भाइले त्यो क्यान्टिनको रेखदेख गदै आएको थिए । उनीहरुले नै हामीलाई कहिल्यै नपाउने पीडा र दुःख दिए ।’

उनले २७ महिनासम्म आफूले काम गर्ने क्यान्टिन भित्र म बलाकृत भएर कष्टका साथ नेपाल फर्किएको सुनाइन् । काम गर्दा आफूले चाहेको बेला फोन गर्न नपाउने र भनेजति बोल्न नपाइने गुनासो पनि उनले गरिन् । ‘हप्तामा एक पटक मात्र फोन घरमा गर्ने पाइन्थियो । त्यो पनि १० मिनेटभन्दा बोल्न मिल्दैन थियो’, गहभरी आँसु पार्दै उनले भनिन् ।

संगीतालाई पाँचथरका पान्डव लिम्बु (पदम) ले १ लाख ९० हजार लिएर युएई हस्पिटलमा सरसफाई गर्ने काम भनेर क्यान्टिनमा झुकाएर पठाएको उनको भनाइ छ । विदेशमा इज्जत लुटाएर नेपाल फर्किएपछि न्याय पाउने आशमा वैदेशिक रोजगार विभागमा उजुरी गर्ने आएको संगीताले बताइन् ।

आफूलाई फसाउने एजेन्टको नाममा उजुरी दिएको संगीताले बताइन् । नेपाली चेलीबेटीलाई बेच्नमाथि कानूनी कारवाही हुनुपर्ने उनको माग छ । संगीतालाई विभागमा भेटेर कुराकानी गरिएको हो ।

जीवनमा धेरै समस्या भोगेको र हन्डर खाएको संगीता सुनाउछिन् । जता गयो उत्तै फसाउने मात्र भेटिने गरेको उनको गुनासो छ । ‘पहिलेको एउटा उखान थियो । हुनलाई जाँहीतही नहुनेलाई कहिनकहिँ भने जस्तै भएको छ मेरो जीवनमा । एउटा छोरा छ र मात्र बाँचेको छु नत्र पहिला नै आत्महत्या गर्दथिए । यस्तो दु:ख त गर्नुपर्ने थिएन ।’ एकल महिला भएका कारण सबैले फाइदा लिन मात्र खोज्ने गरेको उनको गुनासो छ ।

‘२०६० सालमा तत्कालीन माओवादी युद्धमा श्रीमान होमिएका थिए । श्रीमानको इलाममा सेनाको कारवाहीमा मृत्यु भएको खबर पाएको थिए । त्यो भन्दा अरु केही थाहा छैन । साथमा एक जना छोरा छ । उसलाई पढाउन र हुकाउन जिम्मा मेरो काँधमा आयो । त्यसपछि बाध्यताले विदेसिए,’ उनले भनिन, ‘म २१ वर्षको हुँदा श्रीमानको मृत्यु भएको थियो । त्यसपछि जीवन पीडा र कष्टमय बितिरहेको छ । एकल महिला भएर बाच्न धेरै गाह्रो हुँदो रहेछ । एकतिर परिवारले राम्रो नमान्ने भने अर्को तिर समाजले पनि हेर्ने नजर बेग्लै हुन्छ । जसका कारण समाजभन्दा धेरै बाहिर बस्नुपर्ने अवस्था आउँछ ।’

विदेशमा रहेका कतिपय नेपालीहरु स्वार्थी हुन्छन् । मलाई पनि एउटा स्वार्थी पुरुषले शारीरिकको लोभले नेपाल फकाउन सहयोग गरेको संगीताको आरोप छ । क्यान्टिनबाट बाहिर निकाल्न सहयोग त गर्‍यो तर, मलाई पनि क्यान्टिनका साहुको सालो र भाइले जस्तै व्यवहार गरेर मात्र छोडेको उनको भनाइ छ ।

एकल महिलालाई हेर्ने समाज र परिवारको दृष्टीकोण फरक हुदाँ मजस्ता धेरै महिला विदेशिने गरेको उनको भनाइ छ । सरकारले एकल महिलालाई भत्ता होइन रोजगारी र उनीहरुको सन्तानलाई शिक्षा दिनुपर्ने संगीताको बुझाई छ । म जस्ता धेरै उमेरमा श्रीमान र परिवारबाट टाढिएका महिला बिचल्लीमा परेको संगीता बताउँछिन् । राज्यकै कारण धेरै नेपाली महिला रोजगारीका नाममा तस्करी सिकार भइरहेको उनको आरोप छ । वैदेशिक रोजगारी नाममा संगीता एक प्रतिनिधि पात्र मात्र हुन् उनी जस्ता धेरै महिला यो क्षेत्रमा फस्ने गरेका छन् ।

वैदेशिक रोजगारीमा जोखिम बढ्दै

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने दाबी गरेपनि प्रभावकारी कार्यान्वयन नहुँदा बाध्यकारी वैदेशिक रोजगारीमा जाने कामदार विभिन्न जोखिममा पर्ने गरेका छन् ।

यो संख्दा बढ्दै गएपनि नियामक निकायले प्रभावकारी कदम चाल्न सकेको छैन् । रोजगारी पीडितले पनि सरकारले नै आफ्ना माग सम्बोधन गर्न सक्ने भन्दै सबैलाई पीडाबाट मुक्त हुने गरी सरकारले काम गर्नुपर्ने सुझाव दिन्छन् ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या वार्षिक रुपमा बृद्धि हुँदै गएको छ । संख्या बढेसँग समस्या पनि बढिरहेको पाइन्छ । रोजगारीको खोजीमा विभिन्न देश पुगेका नेपाली समस्या, अलपत्र, अंगभंग र मृत्यु पनि हुने क्रम बढदो छ । यस्ता समस्या प्रति सरकारले खासै चासो दिएर काम गरेको देखिदैन । वैदेशिक रोजगारीका नाममा मानव तस्करी पनि बढीरहेको छ । विगत केही वर्षयता रोजगारीका नाममा नेपाली महिला दलालले विभिन्न देशमा तस्करी गरिरहेका छन् ।

नेपालबाट भारत हुँदै खाडीका देश, मलेसिया, अप्रिका, युरोप र युद्धग्रस्त देशमा नेपाल महिलाहरु तस्करी भइरहेको छ । नेपाली भारत, चीन र बंगलादेशको बाटो भएर तस्करी हुने गरेका छन् । यस्ता समस्यालाई सरकारले गम्भीर रुपमा हेरेको छैन । जसका कारण रोजगारीका नाममा नेपालमा जोखिम धेरै देखिन्छ ।

नेपाली महिला खाडीका देश मात्र होइन पछिल्लो समय चीन समेत तस्करी हुने गरेका छन् । विदेशमा बसेर धेरै एजेन्ट नेपालबाट महिलाको तस्करी गदै आएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १० : १५ बजे

प्रारम्भिक मतपरिणाम : रास्वपा कति मतले अहिलेसम्म कुनकुन स्थानमा अगाडि ?

काठमाडौँ – देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखिएको छ

मुस्ताङ निर्वाचन मतगणना अपडेट : कांग्रेसका योगेश अगाडि

काठमाडौं- मुस्ताङमा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। हालसम्म ३,०२७

भक्तपुर–२ मा महेशभन्दा राजीव १५ सय मतले अगाडि

भक्तपुर– बिहीबार देशभर भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणमा राष्ट्रिय

भक्तपुर–१ निर्वाचन मतगणना अपडेट : रास्वपा अगाडि

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना

झापा–२ निर्वाचन मतगणना अपडेट : रास्वपाकी इन्दिरा अगाडि

काठमाडौं– झापा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना