काठमाडौँ महानगरको प्रशासन विभाग प्रमुखमा नवराज ढकाल « Khabarhub

काठमाडौँ महानगरको प्रशासन विभाग प्रमुखमा नवराज ढकाल


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं महानगरपालिकाले प्रशासन विभाग प्रमुखको जिम्मेवारी नवराज ढकाललाई दिएको छ ।

सहकारी विभागका प्रमुख रहेका ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि प्रशासन विभागको जिम्मेवारी दिइएको महानगरले जनाएको छ । प्रशासन विभागलाई सबै भन्दा शक्तिशाली विभागका रुपमा लिइन्छ ।

ढकाल विद्यासुन्दर शाक्य काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएर आएपछि लामो समय शाक्यको सचिवालय प्रमुखको जिम्मेवारीमा रहेका थिए । उनले सहप्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए ।

शिक्षा, सहकारीलगायत स्थानीय सरकारकै मातहतमा रहने भएपछि ढकाललाई सहकारी विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो ।

अर्थशास्त्रमा स्नातकोत्तर गरेका ढकालले अर्थशास्त्रमै एमफिल गरेका छन् भने दर्शनशास्त्रमा पनि स्नातकोत्तर गरेका छन् ।

लामो समम महानगरकै विभिन्न विभागमा रहेर काम गरेका ढकालले वित्तीय प्रशासनमा पनि स्नातकोत्तर गरेका छन् भने कानुनमा स्नातक ।

लामो समयदेखि प्रशासन विभाग प्रमुखसँगै प्रवक्ताको समेत जिम्मेवारीमा रहेका ज्ञानेन्द्र कार्कीलाई ३१ असारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई पत्र लेखी कार्कीलाई अर्को निर्णय नभएसम्मका लागि मन्त्रालयमा पठाउन पत्राचार गरेको थियो ।

त्यसको भोलिपल्टै अर्थात् साउन १ गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले कार्कीलाई मन्त्रालयमा हाजिर हुन जान तोक लगाएपछि कार्की प्रशासन विभागको जिम्मेवारीबाट अलग भएका थिए ।

जनप्रतिनिधिलाई नै प्रवक्ताको जिम्मेवारी दिने प्रावधानअनुसार काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ का अध्यक्ष ईश्वरमान डंगोलले प्रवक्ताको जिम्मेवारी पाएपछि कार्की यस अघि नै उक्त जिम्मेवारीबाट पनि अलग भएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १२ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै