आवश्यकता अनुसार शौचालयलाई व्यवस्थित र स्मार्ट बनाइने | Khabarhub Khabarhub

आवश्यकता अनुसार शौचालयलाई व्यवस्थित र स्मार्ट बनाइने


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्व शौचालयको अवसरमा हरेक बर्षको नोभेम्बर १९ तारिखका दिन मनाइने दिवसको यस वर्षको नारा ‘शौचालयको प्रयोगबाट कोही पनि बञ्चित नहोस्’ भन्ने छ ।

यो नाराको मर्मलाई आत्मसात् गर्दै प्रभातफेरीमा सहभागी हुनेले ‘महामारी मुक्त नेपाल’, ‘शौचालयबाट निस्केको फोहोर कहाँ जान्छ?’, ‘मनको मन्दिर देवालय, तनको मन्दिर शौचालय’, ‘के तपाई शौचालय नभएको कल्पना गर्न सक्नुहुन्छ ?, २.५ अर्व मानिसको घरमा शौचालय छैन ।’, ‘सबैका लािग शौचालय’, ‘पहुँचयुक्त शौचालय’, ‘महिलामैत्री शौचालय’ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए ।

काठमाडौं महानगरपालिका र वाटर एड नेपालको सहयोगमा खानेपानी र सरसफाइका लागि गैरसरकारी संस्था गुठीले आयोजना गरेको प्रभातफेरीमा खानेपानी तथा ढल निकास बिभाग, जनस्वास्थ्य तथा वातावरण संस्था (एन्फो), फोहोरमैला व्यवस्थापन संघ, एरोसान, पश्चिम पाइला, नेपाल साइकल सोसाइटी, त्रि-चन्द्र क्याम्पस, युवा रेडक्रस सर्कल, वातावरण इन्जिनियर समाज (सोफेन), नेपाल वाटर कन्जरभेसन फाउन्डेसन, काठमाडौं बिश्वबिद्यालय, अर्टिजम केयर नेपाललगायत सरसफाइका क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघसंस्थाको सहभागिता थियो ।

काठमाडौं महानगरपालिकाभित्र प्रबिधियुक्त सुबिधा सम्पन्न र सहुलियत सार्वजनिक शौचालय निर्माणलाई तीब्रता दिन आग्रह गर्दै संघीय संसद सदस्य जीवनराम श्रेष्ठले अभाव महसुस नहुने गरी सार्वजनिक शौचालय निर्माण गर्न आग्रह गरेका छन् ।

सातौं बिश्व शौचालय दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको प्रभातफेरीको समापन अवसरमा बोल्दै उनले शौचालयको समस्या समाधान भयो भने शहरमा आवतजावत गर्ने यात्रुको मुख्य समस्या समाधान हुने बताए ।

संघीय संसदको कुरा सुनिसकेपछि महानगरका प्रबक्ता ईश्वरमान डंगोलले भएका सार्वजनिक शौचालयको अवस्था सुधार गर्ने र नयाँ निर्माण गर्ने कामलाई बराबरी महत्व दिएर महानगरले काम गरिरहेको बताए । यसरी सुधार गरिने र नयाँ बनाइने शौचालयलाई आवश्यकता आधारमा स्मार्ट, सहुलियत र व्यवस्थित गरिने उनको भनाइ छ ।

महानगरको सहरी योजना आयोगले, सहरमा निर्माण गरिने सार्वजनिक शौचालयको ढाँचा तयार पारेको छ । कार्यक्रममा बोल्दै सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बिभिन्न २० प्रकारका ढाँचामा सार्वजनिक शौचालयको डिजाइन गरको बताए ।

‘स्थान, लगानी र आवश्यकताका आधारमा यीमध्ये जनसुकै प्रकारका शौचालय पनि निर्माण गर्न सकिन्छ’ उपाध्यक्ष बस्नेतले भने ‘यसरी बनाइएका ढाँचामा एक पटकमा १ जनाका लागि मात्र उपयुक्त हुनेदेखि एकैपटक ३ जनासम्मले प्रयोग गर्न सक्ने खालका, शौच कार्यका साथै नुहाउन मिल्ने खालका पनि छन्’ ।

शहरमा आवश्यकता र समावेशी र पहुँचयुक्त शौचालय निर्माणको हो जहाँ सबैले मेरो शौचालय हो भनेर महसुस गर्न सकुन्, कार्यक्रममा बोल्ने क्रममा वाटर एडका राष्ट्रिय निर्देशक तृप्ति राईले महिलामैत्री र सुरक्षित शौचालय बनाउनु पर्नेमा जाड दिइन् ।

समारोहमा शौचालय सरसफाइमा काम गर्ने जनशक्तिहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो । बिहान ७ बजे भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी भद्रकाली, सहिदगेट, सुन्धारा, नयाँ सडक हुँदै बसन्तपुर पुगेर समापन भएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १ : ०४ बजे

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ