जाडोमा किन खाइन्छ बदाम ? यस्ता छन् ७ फाइदा | Khabarhub Khabarhub

जाडोमा किन खाइन्छ बदाम ? यस्ता छन् ७ फाइदा


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दलहन वनस्पतिमा पर्ने बदाम जाडो मौसममा अधिकांशले खान रुचाउने गर्दछन् । जाडोयाममा घाममा बसेर बदाम खानु निकै आनन्दमयी हुन्छ ।

बदाम खानु स्वादका हिसाबले त मीठो हुन्छ नै साथै मानव स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । जाडो मौसममा खाइने बदामका फाइदाहरु निम्नानुसार छन् :

१. तौल घटाउन

बदाम खाँदा थोरै मात्राले पनि पेट भरिएको महशुस हुने भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन । त्यसैले मोटो मानिसलाई यसले लाभ पुर्याउने गर्दछ । बदाम खाँदा तौल घट्ने अनुसन्धानले देखाएको छ ।

२. क्यान्सरबाट जोगाउन

बदामको सेवनले क्यान्सर जस्तो प्राणघातक रोगको खतराबाट समेत जोगाउँछ । बदाममा हुने फाईटोस्टेरोल नामक तत्वले ट्युमर समेत नियन्त्रण गर्दछ ।

३. कोलेस्टोरलमा नियन्त्रण

बदाममा हुने अंसतृप्त फ्याटी एसिडले शरीरमा सन्तुलित कोलेस्टरल तह कायम गर्न सहयोग गर्छ । यसका साथै बदामको सेवनले विभिन्न प्रकारका रोगको जोखिमबाट समेत बचाउने गर्दछ ।

४. मधुमेहबाट जोगाउँछ

बदाम हुने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्ने गर्दछ । तसर्थ बदामले मधुमेहका बिरामीका लागि पनि फाइदाजनक मानिन्छ । यसले मधेमेहको समस्याबाट समेत जोगाउँछ ।

५. डिप्रेसनका लागि उपयोगी

बदाममा पाइने ट्राईपटोफन नामक तत्व डिप्रेसनविरुद्ध लड्न सहयोग हुने भएकाले बदामको सेवन डिप्रेसन रोगीका लागि पनि उपयोगी हुन्छ । तसर्थ डिप्रेसनका बिरामीले स्ट्रेस र तनाव कम गर्न दैनिक एक मुठी बदाम खानु उत्तम हुन्छ ।

६. शिशु स्वस्थ बनाउन

बदाममा हुने फोलिक एसिडले शिशुलाई गर्भमा रहँदा तथा जन्म भएपछि पनि गम्भीर रोगबाट बचाउने गर्दछ । तसर्थ अधिकांश गर्भवती महिला गर्भाधारणको सुरुवातीदेखि नै बदामको सेवन गर्दछन् ।

७. अन्य विषयमा पनि उपयोगी

बदामको नियमित सेवनले छालामा चमक ल्याउने, बुढ्यौलीपना कमी गर्न, छाला चाउरी पर्न नदिन तथा अनुहार र शरीरमा आउने दाग नियन्त्रण गर्न उपयोगी मानिन्छ । साथै बदाममा कपाल राम्रो बनाउने पोषणयुक्त तत्वहरु भेटिन्छन् । जसले कपाल बृद्धि गर्ने र कपाल झर्नबाट जोगाउँछ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १ : ०८ बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको