जाडोमा किन खाइन्छ बदाम ? यस्ता छन् ७ फाइदा « Khabarhub

जाडोमा किन खाइन्छ बदाम ? यस्ता छन् ७ फाइदा


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दलहन वनस्पतिमा पर्ने बदाम जाडो मौसममा अधिकांशले खान रुचाउने गर्दछन् । जाडोयाममा घाममा बसेर बदाम खानु निकै आनन्दमयी हुन्छ ।

बदाम खानु स्वादका हिसाबले त मीठो हुन्छ नै साथै मानव स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । जाडो मौसममा खाइने बदामका फाइदाहरु निम्नानुसार छन् :

१. तौल घटाउन

बदाम खाँदा थोरै मात्राले पनि पेट भरिएको महशुस हुने भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन । त्यसैले मोटो मानिसलाई यसले लाभ पुर्याउने गर्दछ । बदाम खाँदा तौल घट्ने अनुसन्धानले देखाएको छ ।

२. क्यान्सरबाट जोगाउन

बदामको सेवनले क्यान्सर जस्तो प्राणघातक रोगको खतराबाट समेत जोगाउँछ । बदाममा हुने फाईटोस्टेरोल नामक तत्वले ट्युमर समेत नियन्त्रण गर्दछ ।

३. कोलेस्टोरलमा नियन्त्रण

बदाममा हुने अंसतृप्त फ्याटी एसिडले शरीरमा सन्तुलित कोलेस्टरल तह कायम गर्न सहयोग गर्छ । यसका साथै बदामको सेवनले विभिन्न प्रकारका रोगको जोखिमबाट समेत बचाउने गर्दछ ।

४. मधुमेहबाट जोगाउँछ

बदाम हुने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्ने गर्दछ । तसर्थ बदामले मधुमेहका बिरामीका लागि पनि फाइदाजनक मानिन्छ । यसले मधेमेहको समस्याबाट समेत जोगाउँछ ।

५. डिप्रेसनका लागि उपयोगी

बदाममा पाइने ट्राईपटोफन नामक तत्व डिप्रेसनविरुद्ध लड्न सहयोग हुने भएकाले बदामको सेवन डिप्रेसन रोगीका लागि पनि उपयोगी हुन्छ । तसर्थ डिप्रेसनका बिरामीले स्ट्रेस र तनाव कम गर्न दैनिक एक मुठी बदाम खानु उत्तम हुन्छ ।

६. शिशु स्वस्थ बनाउन

बदाममा हुने फोलिक एसिडले शिशुलाई गर्भमा रहँदा तथा जन्म भएपछि पनि गम्भीर रोगबाट बचाउने गर्दछ । तसर्थ अधिकांश गर्भवती महिला गर्भाधारणको सुरुवातीदेखि नै बदामको सेवन गर्दछन् ।

७. अन्य विषयमा पनि उपयोगी

बदामको नियमित सेवनले छालामा चमक ल्याउने, बुढ्यौलीपना कमी गर्न, छाला चाउरी पर्न नदिन तथा अनुहार र शरीरमा आउने दाग नियन्त्रण गर्न उपयोगी मानिन्छ । साथै बदाममा कपाल राम्रो बनाउने पोषणयुक्त तत्वहरु भेटिन्छन् । जसले कपाल बृद्धि गर्ने र कपाल झर्नबाट जोगाउँछ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १ : ०८ बजे

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना