भूपि शेरचनको चर्चित कविता ‘चिसो एस्ट्रे’ माथि फिल्म, यस्तो छ फस्ट लूक (भिडियो) « Khabarhub

भूपि शेरचनको चर्चित कविता ‘चिसो एस्ट्रे’ माथि फिल्म, यस्तो छ फस्ट लूक (भिडियो)


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कवि भूपि शेरचनको कविता ‘चिसो एस्ट्रे’ को थेममा आधारित फिल्मको फस्ट लूक सार्वजनिक गरिएको छ । क्यारेक्टर चिनाउने फस्ट लूक युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

फिल्मको फस्ट लूक आकर्षक लाग्छ । अन्य नेपाली फिल्मको तुलनामा यो फिल्मको फस्ट लूक फरक पनि छ । यो फिल्ममा दिव्य देवको शीर्ष भूमिका छ ।

यस्तै फिल्ममा निकुम श्रेष्ठ, नविन लम्साल, सृष्टि श्रेष्ठ, सुशील राज पाण्डे, रोविन तामाङ, कृषा शाही, मोनिका गोले लगायतका कलाकारको समेत अभिनय छ ।

दिन्स पाल्पालीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई प्रविण स्याङ्बो र सीए कलेक्टिभसले निर्माण गरेका हुन् ।

फिल्मको फस्ट लूकलाई लुजा राजभण्डारी र प्रफुल राजभण्डारीले तयार पारेका हुन् । फिल्ममा उज्जव बस्ताकोटीको छायांकन, अजर जङ्गमको संगीत संयोजन देख्न सकिन्छ ।

यस्तो छ भूपि शेरचनको कविता चिसो एस्ट्रे:

यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्

यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्

र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू सोहोरेर जान्छन्

यस्तो छ यो चारभञ्ज्याङ् खाल्टो
एउटा चिसो एष्ट्रे जस्तो छ

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १ : १८ बजे

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

काठमाडौं– सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा