जाडो मौसममा गर्न नहुने सात काम « Khabarhub

जाडो मौसममा गर्न नहुने सात काम


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम शुरु भएसंगै हाम्रो शरीरमा धेरै प्रकारका असरहरु देखापर्न थाल्छन् । जाडो मौसममा धेरै मानिस अत्यधिक खाने, कम शारीरिक परिश्रम गर्ने तथा अत्यधिक सुत्ने गर्दछन् ।

कतिपय मानिस त घाम लाग्दा घाम छाड्न नखोज्ने तथा बिहान–बेलुकी कोठाभित्रै बस्न रुचाउँने गर्दछन् । जाडो मौसममा रुघा, खोकी, एलर्जी र ज्वरो आउनु सामान्य हो भने कतिपयलाई चाया पर्ने, छाला सुख्खा हुने तथा शरीर फुस्रो हुने गर्दछ ।

अझ कतिपय अवस्थामा सामान्य ठानिएका विषयले समेत जाडो मौसममा मानिसलाई असर पुर्‍याइरहेको हुन्छ । यस्तोमा हामीले त्यस्ता बानी तथा लतहरुलाई त्याग्नु नै उत्तम हुन्छ । हामी सातवटा टिप्सहरु दिदैछौँ, जो जाडो मौसममा गर्नु हुँदैन ।

१. कम पानी पिउनु हुँदैन

जाडोमा गर्मी मौसममा जस्तो तिर्खा लाग्दैन । तर पनि पानी पिउन छाड्नु हुँदैन । जाडोमा हाम्रो शरीरलाई दैनिक दुई लिटरभन्दा बढी पानीको आवश्यक पर्दछ । अन्यथा डिहाइड्रेसनले मिर्गौला, अपच र पेट दुख्ने लगायतका समस्याहरु आउन सक्छ । साथै जाडो मौसममा अत्यधिक तातो पानी पनि पिउनु हुँदैन ।

२. धेरै लुगा लगाउनु हुँदैन

जाडोबाट बच्न अधिकांश मानिस धेरै लुगा लगाउने गर्दछन् । तर धेरै लुगा लगाउनु जाडोबाट बच्ने राम्रो उपाय भने होइन । धेरै लुगा लगाउँदा शरीरमा गर्मी हुन्छ र पसिना आउँछ । पसिनाले शरीरलाई झन् चिसो बनाउने गर्दछ । तसर्थ जाडोमा लुगा लगाउँदा मांसपेशीलाई न्यानो पार्ने ज्याकेट वा स्विटर लगाउनु उत्तम हुन्छ ।

३. पन्जा/मोजा लगाउनु अनुपयुक्त

चिसोबाट बच्नका लागि भन्दै हातमा पन्जा र खुट्टामा मोजा लगाउनु नराम्रो होइन । तर यसो गर्नाले चिसोबाट बच्न भने सकिदैन । हात र खुट्टालाई ढाकेर बस्नुको अर्थ वातावरणीय परिवर्तन स्विकार गर्न नसक्नु वा त्यसका लागि शरीरलाई अवरोध गर्नु हो । त्यसैले जाडोमा मोजा लगाएर सुत्ने बानी राम्रो होइन । यसले मुटुबाट जोर्नीमा प्रवाह हुन रक्त सञ्चालनमा प्रभाव पार्दछ । मोजा लगाएर सुत्दा जोर्नीमा रगत जम्ने खतरा हुन्छ ।

४. जाडोमा धेरै खानु हुँदैन

जाडो मौसममा हामी शरीर तताउनभन्दै अत्यधिक मात्रा परिकारहरु खाने गर्दछौँ । जसमा माछा मासुजन्य पर्दाथ, बढी चिल्लो र प्रोटिनयुक्त तथा जंक फुडलगायतका खानेकुरा पर्दछन् । तर खानाको मात्रा बढे पनि जाडोको समयमा हामी कम मात्रामा काम गर्दछौँ । जसले शरीरमा तौल बढाउनुका साथै रोगको खतरासमेत बढाउने गर्दछ ।

५. धेरै सुत्नु हुँदैन

जाडो मौसमको अर्काे खराबी भनेको अधिकांश मानिस धेरै समयसम्म सुत्ने गर्दछन् । साँझ चाडैं ओच्छ्यानमा पुग्नेहरु बिहान अबेरसम्म निद्रामा नै हुने गर्दछन् । अझ कतिपय मानिस त बिहानको खाना खाएपछि वा दिउँसो खाजा खाएपछि समेत सुत्ने गर्दछन् । यसले शरीरमा आलश्यता बढाउनुका साथै काम गर्न वा ड्युटीमा जान फर्कन समस्या हुने गर्दछ ।

६. नशाजन्य पर्दाथको सेवन बर्जित

कतिपय मानिस जाडो मौसममा नशाजन्य पर्दाथको सेवन गर्ने गर्दछन् । जाडोमा शरीर न्यायो पार्ने नाममा अत्यधिक मदिरा पिउने, धुम्पान गर्ने तथा अन्य नशाजन्य पर्दाथको सेवन गर्ने गर्दछन् । तर यो बानीले शरीरमा अत्यधिक असर पार्ने गर्दछ । त्यसैले जाडोमा दिनभर निष्क्रिय भएर बस्नुभन्दा पार्कतिर घुम्न जादा वा काममा व्यस्त हुँदा रक्त सञ्चार तीव्र भई स्वतः शरीर न्यानो हुन्छ ।

७. अनावश्यक मेकअप नगर्नुहोस्

जाडोमा शरीरमा हुने एलर्जी, फुस्रोपना तथा छाला सुख्खा हुँदा हामी लोसन तथा क्रिमको प्रयोग गर्ने गर्दछौँ । तर एकै किसिमको वा एकै ब्राण्डको सामाग्री प्रयोग नगर्दा हाम्रो शरीरमा यसले समेत हानी पुर्‍याउँने गर्दछ । कालान्तरमा शरीरमा यसले रोगसमेत निम्त्याउँन सक्छ । त्यसैले अनेकथरी क्रिम र लोसनको प्रयोग गर्नुको सट्टा एकै किसिमको सौन्दर्य सामाग्रीको प्रयोग गर्ने बानी बसाउनु पर्छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १ : ३६ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य